रास्वपाका सभापति लामिछानेको प्रशंसनीय राजनीतिक संस्कार, गतिरोध हटाउन विपक्षी दलहरूसँग सम्वाद
काठमाडौं । भारत भ्रमण सकेर आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका छन् ।
संसदको अबरोध हटाउने विषयमा समेत सभापति लामिछानेले विपक्षी दलहरूसँग आग्रह गरेका छन् । सोमबार सिंहदरबारमा बैठक राखेर सभापति लामिछानेले नेपाली कांग्रेस, एमाले, नेकपा, राप्रपा, श्रम संस्कृति पार्टीका प्रतिनिधिहरूसँग छलफल गरेका हुन् । सर्वदलीय बैठक राख्नुभन्दा अगाडि आइतबार राति सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग बालुवाटारमा भेट गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सिमानाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसदको बैठक अबरोध गरेका छन् । प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सिमाना मिचेको भनेर विवादित अभिव्यक्ति दिएका छन् ।
रास्वपाका सभापति लामिछानेले विपक्षी दलहरूसँग बैठक र सम्वाद गरेर राजनीतिक गतिरोधलाई अन्त्य गर्ने प्रयास गरेका छन् । सभापति लामिछानेले बोलाएको बैठकमा विपक्षी दलहरूले दोस्रो तहका नेताहरूलाई पठाएका छन् ।
बिचार/ब्लग
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया