गोरखाका लोकप्रिय नेताद्वारा कांग्रेस परित्याग, कांग्रेससँग नाम नजोडिदिन अनुरोध

काठमाडौं । नेपाली कांग्रेसका सक्रिय सदस्य रबिन श्रेष्ठले कांग्रेसको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेका छन् ।

गोरखाको भीमसेनथापा गाउँपालिका–५ निवासी श्रेष्ठले गोरखा कांग्रेसलाई सम्बोधन गरेर पार्टी परित्याग गरेको जनाएका छन् ।

उनले भने, ‘म रबिन श्रेष्ठ, भीमसेनथापा गाउँपालिका–५, गोरखा निवासी तथा नेपाली कांग्रेसको सक्रिय सदस्य, व्यक्तिगत तथा वैचारिक कारणवश आजको मितिदेखि नेपाली कांग्रेस पार्टीको साधारण सदस्यता तथा सम्पूर्ण जिम्मेवारी परित्याग गरेको जानकारी गराउँदछु ।’

‘विगतमा पार्टीमा आबद्ध रहँदा प्राप्त अवसर, सहयोग तथा साथप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ श्रेष्ठले भने, ‘आजको मितिदेखि मेरो नाम, संलग्नता तथा प्रतिनिधित्वलाई नेपाली कांग्रेस पार्टीसँग नजोडिदिन सम्बन्धित सबैमा अनुरोध गर्दछु ।’

‘यो निर्णय पूर्णतः मेरो व्यक्तिगत विवेक र विचारअनुसार गरिएको हो,’ युवा नेता श्रेष्ठले भने, ‘यस सम्बन्धमा सबैलाई जानकारी गराउन यो सूचना जारी गरिएको हो ।

गगन थापाहरूले नेपाली कांग्रेसर्लाइ कथित विशेष महाधिवेशनका नाममा हाइज्याक गरेर इतिहासकै कमजोर अवस्थामा पुर्‍याएपछि कांग्रेस छाड्नेहरू बढेका छन् । सोही क्रममा श्रेष्ठले पनि कांग्रेस परित्याग गरेका छन् ।

Published : Sunday, 2026 June 7, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया