गगनले कांग्रेस मिलाउन नचाहेपछि देउवा समूह असारदेखि १५औँ महाधिवेशनमा जाने
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ कान्तिका सेजवालले गगनकुमार थापाले नेपाली कांग्रेसलाई सबै पक्षलाई मिलाएर नलगे असार महिनादेखि १५औँ महाधिवेशनका लागि नवीकरण भएका र नयाँ वितरण गरिएका क्रियाशील सदस्यहरूबाटै महाधिवेशनको कार्यक्रम अगाडि बढ्न चेतावनी दिएकी छिन् ।
आइतबार सामाजिक सञ्जालमार्फत पूर्वसांसद समेत रहेकी नेतृ सेजवालले १४औँ महाविधेशनको नेतृत्वले क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरिएकाहरूबाटै १५औँ महाधिवेशन गर्ने बताएकी हुन् । उनले गगन थापालाई १४औँ महाधिवेशनको कार्यसमिति र विशेष महाधिवेशनबाट आएको समितिलाई मिलाउन सुझाव दिएकी छिन् । अन्यथा असार महिनादेखि १५औँ महाविधेशनको कार्यक्रम शुरु हुने उनले बताइन् ।
‘सभापति गगन थापा ज्यूले नेपाली कांग्रेसलाई सम्पूर्ण रुपमा एकता गराउनु भएन भने १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले आफ्नो नेतृत्वमा हुँदा ५ लाख ७५ हजार नवीकरण र ३ लाख क्रियाशील सदस्यहरूलाई १५औँ महाधिवेशनका लागि बितरित क्रियाशील सदस्यबाट वडादेखि केन्द्रसम्म नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने प्रक्रिया असारदेखि अघि बढ्ने कुरामा ढुक्क हुनुहोस् ।’
गगनले शेरबहादुर देउवा र डा.शेखर कोइराला निकटका नेताहरूलाई कांग्रेसमा अटाउन नसक्ने गरी गतिविधि गरिरहेका छन् । देउवा र कोइराला समूहले गगन नेतृत्वको नेपाली कांग्रेस अर्थात् कथित विशेष महाविधेशनबाट आएको नेतृत्वसँग मिलेर जान चाहेको छ । तर, गगनले कांग्रेसलाई मिलाउन चाहेका छैनन् ।
असारदेखि देउवा–कोइराला समूहले नियमित १५औँ महाधिवेशनका लागि गतिविधि गर्नेछ । त्यसपछि नेपाली कांग्रेसमा अप्रिय निर्णय हुन सक्छ । त्यस्तै भयो भने नेपाली कांग्रेस विभाजित हुने अवस्था आउन सक्छ । त्यसको सम्पूर्ण जिम्मेवार गगनहरू हुनुपर्नेछ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया