ज्वाइँ हुनु त गगन थापा जस्तो, काका ससुरालाई अध्यक्षमा मनोनीत
काठमाडौं । विधिको कुरा गर्दै दास र लासको पार्टीका कार्यकर्ता होइनौं भन्दै नेपाली कांग्रेस हाइज्याक गरेर सभापति बनेका गगनकुमार थापाले आफ्नै सहोदर काका ससुरालाई टीका लगाएर नेपाली जनसम्पर्क समिति, अमेरिकाको अध्यक्ष बनाएका छन् ।
गगनले आफ्ना काका ससुरा धनञ्जय नरसिंह केसीलाई नेपाली जनसम्पर्क समिति, अमेरिकाको अध्यक्षको जिम्मेवारी प्रदान गरेको पत्र जेठ १८ गते दिएका छन् । आफैले हस्ताक्षर गरेको पत्र गगनले काका ससुरा केसीलाई दिएका हुन् ।
गगनले काका ससुरा केसीलाई नेपाली जनसम्पर्क समिति, अमेरिकाको अध्यक्ष टीका लगाएर दिएको जिम्मेवारीको पत्र सामाजिक सञ्जालमा भाइरल बनेको छ । सामाजिक सञ्जालमा गगन र केसी परिवारबारे विभिन्न खालका टिकाटिप्पणी भइरहेका छन् ।
सामाजिक सञ्जालमा ‘जवाइ हुनु त गगन थापा जस्तो, ससुरालाई टीका लगाएरै पद’ भनेर टिकाटिप्पणी भइरहेका छन् ।
हुन त यसअघि गगनले आफ्नै ससुरा अर्जुन नरसिंह केसीलाई खसआर्य आरक्षणमा समानुपातिक सांसद बनाइसकेका छन् । अर्जुन नरसिंह केसी कांग्रेसको केन्द्रीय सदस्य पनि छन् । अर्का ससुरा केदार नरसिंह केसीलाई पनि कांग्रेसको केन्द्रीय सदस्य मनोनीत गरेका छन् । अर्का ससुरा जगदीश्वर नरसिंह केसीलाई नुवाकोट २ बाट प्रतिनिधि सभा निर्वाचनमा टिकट दिएका थिए । जगदीश्वर नरसिंह केसी निर्वाचनमा पराजित भएका थिए ।
पत्रकार विपेन्द्र कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ज्वाइँले ससुरालाई टीका लगाएर पद थमाइदिने विचित्रको कांग्रेस २.० । देशकै पुरानो पार्टी नेपाली कांग्रेसमा अहिले दिनदिनै रमाइलो दृश्य परिदृश्य देख्न पाइएको छ ।’
‘कहिले अनुशासनको डण्डा बर्साउने त कहिले सदस्यता अद्यावधिकका नाममा गाइजात्रा देखाउने कांग्रेसले आफ्ना आसेपासेहरूलाई नियक्तिको चकलेट पनि उसैगरी बाँडिरहेको छ,’ कार्कीले लेखेका छन् ।
‘नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघमा बाँडिएको नियुक्तिमात्र नभै सात समुद्रपारीको एउटा नियुक्ति पनि उत्तिकै चर्चामा छ,’ कार्कीले लेखेका छन् ।
‘कुरा हो, अमेरिकास्थित नेपाली जनसम्पर्क समितिको । नेपाली जनसम्पर्क समिति, अमेरिकाको संयोजकमा धनञ्जय नरसिंह केसीलाई नियुक्त गरिएको छ ।’
‘धनञ्जय नरसिंह केसी कांग्रेस नेता अर्जुन नरसिंह केसीका सहोदर भाइ हुन् । अर्थात कांग्रेस सभापति गगनकुमार थापाका काका ससुरा,’ पत्रकार कार्कीले लेखेका छन्, ‘ससुराले ज्वाइँलाई टीका लगाइदिएको त देखिएकै हो, राजनीतिमा भने ज्वाइँले ससुरालाई टीका लगाइदिएको दृष्य रमाइलो लाग्ने रहेछ ।’
लामो समयदेखि नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन हुन नसकेको, समितिका अध्यक्ष रहेका गोरखबहादुर विष्ट (आनन्द) गत फागुनमा सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबाट कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार भैसकेको भन्दै धनञ्जय नरसिंह केसीलाई जिम्मेवारी दिइएको पत्रमा उल्लेख छ ।
‘नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यादेश सहित नेपाली कांग्रेसको विधान बमोजिम जनसम्पर्क समिति अमेरिकाको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ’ भन्ने ब्यहोरा रहेको पत्रमा गगनले नै हस्ताक्षर गरेका छन् । पत्रकार कार्कीले लेखेका छन्, ‘जे होस्, ज्वाइँ हुनु त गगन थापा जस्तो ।’

बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया