केएमसी १० नं. वडाध्यक्ष कप चेस शुक्रबार शुरु
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा प्रथम केएमसि वडाध्यक्ष कप राष्ट्रिय खुला फिडे र्यापिड रेटिङ चेस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन् ।
तीन दिन अगावै प्रतिस्पर्धी खेलाडीको खेल तालिका प्रकाशन गरि दर्ता बन्द गरिएको प्रतियोगितामा शीर्ष वरीयताका खेलाडी सहित १५८ जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ ।
प्रतियोगितामा एफएम क्षितिज भण्डारी शीर्ष वरीयतामा रहेका छन् । आशीष फुयाल, सिएम सुश्रुत दाहाल, निकेन कुसाथा, धिरेन राई, बद्रीलाल नेपाली, साजन पाण्डे, एआइएम अभीक शाह लगायतका अन्तर्राष्ट्रिय रेटिङ प्राप्त खेलाडीहरू उपाधिको प्रतिस्पर्धामा छन् ।
प्रतियोगिताको कुल नगद पुरस्कार राशी नगद रु. ३ लाख रहेको छ । विजेता खेलाडीले कर कट्टा गरि रु. २६ हजार, उपविजेताले रु. २२ हजार तथा तेस्रो हुने खेलाडीले रु. १८ हजार प्राप्त गर्नेछन् ।
चौथोदेखि २०औँ स्थान तथा महिला, अनरेटेड, भेट्रान ५५ वर्षमाथि, युवा १०, १२, १४ वर्षमुनि एवं १८०० मुनि र १६०० मुनि रेटिङ समूहका सबैलाई विशेष पुरस्कार प्रदान गरिनेछ ।
फिडे लज् अन्तर्गत स्वीस लिग प्रणालीको प्रतिस्पर्धा १० मिनेट १० सेकेन्ड इन्क्रिमेन्ट राखिएको छ । प्रमुख निर्णायक सोराज ताम्राकारले पहिलो दिन पाँच चरणका खेल हुने तथा दोस्रो दिन चार चरणको खेल सञ्चालन हुने जानकारी गराएका छन् ।
प्रतियोगिताका निर्देशक इन्द्रकुमार बस्नेतको प्रत्यक्ष रोहवर तथा सहनिर्देशक आशिष फुयालको रेखदेख रहने प्रतियोगिताको नतिजाले नेपाली खेलाडीहरूको फिडे र्यापिड अन्तर्राष्ट्रिय रेटिङमा प्रत्यक्ष प्रभाव पार्नेछन् ।
काठमाडौं महानगरपालिकाका आंशिक वडाहरूले बुद्धिचाल खेलको प्रवर्द्धन तथा नयाँ प्रतिभाको विकासमा योगदान पु¥याउने उद्देश्यले चेस खेल आयोजना गरिरहेको सन्दर्भ जोड्दै वडाध्यक्ष रामकुमार केसीले युवालाई कुलतबाट मुक्त गर्ने अपेक्षा लिएको बताएका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया