गगनले बारा कांग्रेसका सभापतिको पद खोसिदिए, विरोधीहरूलाई धमाधम कारबाही गर्दै
काठमाडौं । भृकुटीमण्डपको भेला अर्थात् कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेर सभापति बनेका गगनकुमार थापाले आफ्ना विरोधीहरूलाई कारबाही गरेर ठेगान लगाउने शिलशिलामा नेपाली कांग्रेस, बाराका सभापति राजेश राय यादवलाई कारबाही गरेर निलम्बन गरेका छन् ।
बिहीबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकपछि जारी प्रेस विज्ञप्तिअनुसार बारा कांग्रेसका सभापति यादवलाई निलम्बन गरिएको उल्लेख छ । गगनले उपसभापति अमिरीलाल राउत (पाल)लाई भने सफाइ दिएका छन् । सभापति यादव र उपसभापति राउतविरुद्ध अनुशासन समितिमा उजुरी परेको थियो ।
‘नेपाली कांग्रेस, बारा जिल्ला सभापति राजेश राय यादवले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई निर्वाचनमा हराउन लागेको भनी नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी प्राप्त भएकोमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट निज राजेश राय यादवलाई मिति २०८३÷०१÷३० गते अनुशासन उल्लघंनको कसूरमा ५ (पाँच) दिने स्पष्टीकरण सोधिएकोमा तोकिएको समयावधि भित्र स्पष्टीकरण नबुझाएकोले पुनः मिति २०८३÷०२÷१२ गतेका दिन ३ (तीन) दिने स्पष्टीकरण माग गरिएकोमा दोस्रो पटक समेत कुनै जवाफ नदिएको सन्दर्भमा यस विषयमा थप अनुसन्धान गरी अन्तिम निर्णयमा पुग्नु पर्ने देखिएको हँुदा निज राजेश राय यादवलाई बारा जिल्लाको सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य समेत प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसूरमा अन्तिम निर्णय नहुञ्जेलसम्मका लागि राजेश राय यादवलाई नेपाली कांग्रेस बारा जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्वन गर्ने निर्णय गर्दछ ।’
‘नेपाली कांग्रेस, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत पालका उपर परेको उजुरीको सम्बन्धमा निजलाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३÷०१÷१६ गतेको निर्णय अनुसार अनुशासन उल्लघंनको कसुरमा स्पष्टीकरण सोधिएकोमा निजले मिति २०८३÷०२÷१० गते स्पष्टीकरण जवाफ पेश गरेको र यस विषयमा केन्द्रीय अनुशासन समितिको तर्फबाट थप जाँच पड्ताल समेतको कार्य गर्नुका साथै मिसिल संलग्न कागजात अध्ययन गर्दा निज अमिरीलाल राउत पालको जवाफ सन्तोषजनक रहेको समेत देखिएको हुँदा निजलाई यस विषयमा थप कारवाही गर्नु पर्ने अवस्था नदेखिएकोले निजमाथि लगाइएको आरोपबाट सफाई पाउने ठहर गर्दछ ।’
गगनले यसअघि रामेछाप कांग्रेसका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पनि कारबाही गरेर निलम्बन गरेका छन् । गगनले अन्य धेरै नेताहरूलाई धमाधम कारबाही गरेर ठेगान लगाइरहेका छन् ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया