प्रधानमन्त्री भएपछि थाहा पाएँ, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ : बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालले पनि भारतको जग्गा मिचेको पाइएको बताएका छन् ।

आइतबार सिंहदरबारस्थित संसद भवनमा बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा मिचेको विषय आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका हुन् ।

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भारतले नेपालको लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए । भारत र चीनले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवर यात्रा शुरू गरेका थिए ।

सांसद राईको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री शाहले टेबल टक गर्नुपर्ने बताए । ‘यो विषय कुटनीतिक रुपमा टेलब टक… तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला । मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ। भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

प्रधानमन्त्री शाहले भने, ‘यो कुरा अस्ति भर्खर थाहा भयो । हामीले मिचेका छौँ । उहाँहरूले मिच्नुभएको छ, बसेर साथीका रुपमा समाधान गर्ने सोँच राखेका छौँ ।’

प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपाली कांग्रेस, एमाले, नेकपासहितका विपक्षी दलहरूले आपत्ति जनाएका छन् । उनीहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । सोही विषयमा विवाद हुँदा सभामुख डोलप्रसाद अर्यालसँग सांसदहरूको सवाल जवाफ भएको छ ।

Published : Sunday, 2026 May 31, 3:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया