रास्वपा सांसद आशिकाले मान्छे कुटौँला झैँ गरिन्, आफ्नैले संसदबाट बाहिर निकाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आाशिका तामाङले प्रतिनिधि सभाको बैठकमा बबाल गरेकी छिन् ।

आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले विभिन्न विषयलाई लिएर सभामुख डोलप्रसाद अर्यालसँग समय माग गरेर सवाल जवाफ गरिरहेका बेला रास्वपाकी सांसद तामाङले आफ्नो कुर्सीबाट उठेर विपक्षी दलका सांसदहरूलाई कुटौला झैँ गरेर हर्कत देखाएकी हुन । त्यसपछि सांसद तामाङलाई रास्वपाकै महिला सांसदहरूले दायाँ, बायाँ पाखुरामा समातेर संसदको बैठकबाट बाहिर निकालेका छन् ।

प्रधानमन्त्री वालेन शाह (बालेन्द्र)ले आकस्मिक समय लिएर सांसदहरूको जवाफ दिन बैठकमा उपस्थिति भएपछि विपक्षीहरूले प्रक्रियाबारे प्रश्न उठाएका थिए । सभामुख अर्यालले आपत्ति जनाउने सांसदहरूलाई समय नदिएपछि चर्काचर्की भएको थियो ।

सभामुख अर्यालले मर्यादा बाहिर गएर गतिविधि गरेको भन्दै सांसदहरू ऐन महर, ध्रुबराज राई र आरेन राईलाई चेतावनी दिएका छन् ।

आक्रमक शैलीमा प्रतिवाद गर्न खोजेपछि रास्वपाकी सांसद तामाङलाई रास्वपाकै सांसदहरूले बैठक हलबाट बाहिर निकालेका छन् ।

रास्वपाकी सांसद तामाङले बेलाबेला आफ्नो पदीय मर्यादा विपरीतका गतिविधि गर्दै आएकी छिन् । उनले आफूलाई टोले गुण्डाको शैलीमा प्रस्तुत गर्ने गरेको भन्दै आलोचना हुँदै आएको छ ।

Published : Sunday, 2026 May 31, 3:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया