पाण्डबले ५ गाउँ मागेका थिए, कौरबले अन्तिममा सर्वस्व गुमाए, कांग्रेसमा त्यही अवस्था छ : रंगमती शाही

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद रंगमती शाहीले महाभारत युद्धमा पाण्डबले पाँच गाउँ माग्दा दुर्योधनले नमान्दा सर्वस्व गुमाएको अवस्थामा पार्टी रहेको बताएकी छिन् ।

शनिबार सामाजिक सञ्जालमार्फत नेतृ शाहीले पार्टी विभाजन नहोस् भन्ने चाहना र इच्छा सबै नेता तथा कार्यकर्तामा रहेको बताइन् । पार्टीलाई एकताबद्ध बनाउन आफू र अन्य नेताहरूले पनि निरन्तर भेटघाट तथा सम्वाद गरिए पनि शकुनीहरूका कारण कांग्रेस विभाजनतर्फ गइरहेको उनले बताएकी छिन् ।

नेतृ शाहीले भनेकी छिन्, ‘मैले गरेको अनुभूति गरेको छु । महाभारतको युद्धमा नेपाली कांग्रेस छ । कृष्णको भूमिकामा कोही नेताहरू हुनुहुन्छ ।’

‘कृष्णको भूमिका एउटै सन्तान हो । भरसक युद्धमा जान हुँदैन भनेर कृष्णको आशय थियो,’ उनले भनिन्, ‘त्यो युद्ध नहोस भनेर अन्तिममा दुर्योधनलाई ५ वटा गाउँ माग्दा उनले पाण्डबलाई त्यो पनि दिन नसकिने भनेका थिए ।’

‘युद्धमा जानै पर्छ भनेर शकुनीले उकाशेका थिए । शकुनीका कारण कौरबहरूले सबै राज्य त्याग्नु प¥यो । सबै राज्य पाण्डबहरूको हातमा आयो,’ नेतृ शाहीले भनिन्, ‘त्यहित अवस्था नेपाली कांग्रेसमा हुँदैछ । शकुनीदेखि नेपाली कांग्रेस समयमै सजग रहन अनुरोध गर्दछु ।’

नेतृ शाहीले भनिन्, ‘महिनौ दिनदेखि नेपाली कांग्रेस एक ठाउँमा होस् र हुनैपर्छ भनेर म लगाएत नेताहरूले नेपाली कांग्रेसका नेताहरू सबैलाई भेटेर सबैका कुरा सुन्यौं । सबै जनाको आवाज पनि एउटै छ । पार्टी नफुटोस र मिल्ने कुरा पनि एउटै छ । मिल्न पनि सकिराखेको छैन ।’

भृकुटीमण्डपको कथित भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेपछि निर्वाचन आयोग र सर्वोच्च अदालतबाट गगन थापाले कांग्रेसको आधिकारिकता पाएका छन् । कांग्रेसलाई विभाजन गर्नु हुँदैन भनेर शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षीय नेताहरूले पहल गर्दै आएका छन् । तर, गगन थापाले कांग्रेसमा सबै नेताहरूलाई समेट्न चासो नै दिएका छैनन् ।

गगन थापाका कारण कांग्रेस विभाजनको संघारमा पुगेको छ । गगन थापाले क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा अध्यावधिको बहाना बनाएर आफ्ना विरोधीहरूलाई कांग्रेसबाट निकाल्न लागेका छन् । भ्रातृ संस्थाहरूको अधिवेशन एकलौटी रुपमा धमाधम शुरु गरेका छन् ।

भ्रातृ संस्थाहरू विघठन गरेर एकलौटी रुपमा गठन गरिरहेका छन् । गगन थापाले १४औँ महाधिवेशनको कार्यसमितिका दुईतिहाइ नेताहरूलाई कांग्रेसमा आउन दिन चाहेका छैनन् ।

Published : Saturday, 2026 May 30, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया