राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिपमा शीर्ष स्थानका लागि कडा प्रतिस्पर्धा
दमक । नाइट चेस क्लबको स्थानीय व्यवस्थापनमा जारी राष्ट्रिय ‘बी’ बुद्धिचाल च्याम्पियनसिप अन्तर्गत खुल्ला तथा महिला दुबै विधाका प्रतिस्पर्धा निकै रोमाञ्चक बनेको छ ।
खुल्ला तथा महिला दुबै विधाबाट क्रमशः नवौं स्थानसम्म प्राप्त गर्ने खेलाडीहरू नेशनल च्याम्पियनसिपका लागि छनौट हुने व्यवस्था रहेको छ ।
नेपाल बुद्धिचाल महासंघको हेटौंडामा सम्पन्न विशेष साधारणसभा सकेर प्रतिस्पर्धामा सहभागी जनाएका सर्लाही जिल्ला प्रतिनिधि कमल श्रेष्ठ ५ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएका छन् ।
कमलसँगै समान ५ अंक बनाएर सुनसरीका मुहान नरसिंह श्रेष्ठ दोस्रो तथा पाँचथरका रिशोन थापाले तेस्रो स्थानमा कब्जा लिईरहेका छन् ।
समान ४.५ अंकका साथ चौथोदेखि आठौं स्थानमा झापाका सीएम सुश्रुत दाहाल, दोलखाका आशिष फुँयाल, खोटाङका धिरेन राई, काठमाडौंका सिएम पुरुषोत्तम चौलागाईं र एआइएम अभिक शाह रहेका छन् ।
काठमाडौंका सिएम नवीन तन्डुकार र ललितपुरका सुरोज महर्जन समान ४ अंक टाइब्रेकका आधारमा अन्य नौ जनालाई पछि पार्दै छनौट हुने रोचकता कायम राखेका छन् ।
महिलातर्फ अन्तिम चरण बाँकी हुँदा शीर्ष स्थानमा रहेका कास्कीकी पूजा भण्डारी ४.५ अंक जोडेर छनौट हुने पक्का गरेकी छिन् । उनीसँगै झापाकी कृतिसारा अधिकारीले पनि ४.५ अंक बनाएर दोस्रो स्थानमा रहँदै छनौट पक्का गरिन् ।
स्पर्धामा समान ३.५ अंकका साथ काठमाडौंकी विनिता कापाली तेस्रो र प्रिया क्षेत्री चौथो स्थानमा रहि छनौटको नजिक पुगेका छन् ।
अन्तिम चरणमा छनौट हुन थप ०.५ अंक आवश्यक रहेको कसमकस परिस्थितिमा पर्साकी सुशीला गुरुङ, झापाकी नुमा सुब्बा, काठमाडौंकि एन्जल महर्जन, दोलखाकी निहाना श्रेष्ठ, काठमाडौंकि राधिका पौडेल र प्रवीशा दवाडीले समान ३ अंक जोडेकी छिन् ।
राष्ट्रिय बी प्रतियोगिताबाट आगामी २६औँ राष्ट्रिय पुरुष च्याम्पियनसिप तथा ११ औँ राष्ट्रिय महिला च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।
मेचीनगर, काँकडभिट्टास्थित खानेपानी तथा सरसफाइ सभाहलमा भित्र नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरेको रेखदेखमा प्रतियोगिता सञ्चालन भइरहेको प्रतियोगिताको समापन १५ जेठमा हुनेछ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया