कञ्चनपुरमा २० भन्दा धेरै कांग्रेसका वडा सभापतिहरूले कथित अद्यावधि नगर्ने निर्णय
महेन्द्रनगर । कञ्चनपुर जिल्लामा नेपाली कांग्रेसका अधिकांश वडा सभापति र क्रियाशील सदस्यहरूले कथित अद्यावधिकको काम नगर्ने जनाएका छन् ।
बुधबार कञ्चनपुर क्षेत्र नं. ३ का वडा सभापतिहरूको बैठकमा उपस्थित २० भन्दा धेरै वडा सभापतिहरूले क्रियाशील सदस्यताको कथित अद्यावधिकको काम नगर्ने बताएका हुन् । उनीहरूले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा फेरि विभिन्न बहानामा अद्यावधि लगायतका कार्य भएको भन्दै विरोध जनाएका छन् ।
क्षेत्रीय सभापति केशव चन्दले भीमदत्त नगरपालिकाका १९ र वेदकोट नगरपालिकाको एक वडाका सभापतिहरूले अद्यावधिकको काम नगर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
कञ्चनपुर–३ मा दोधारा–चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाको वडा नम्बर ८ को भूगोल पर्दछ ।
क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति पदम बोगटीको उपस्थितिमा प्रदेशसभा क्षेत्रीय समिति र वडा समितिसहितको बैठक गरेको थियो ।
वडा सभापतिहरूको बैठकमा सहभागी जिल्ला सचिव भीम भट्टले पनि सदस्यता अद्यावधिकको काम नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । क्षेत्रीय कार्यसमितिले बिहीबार दोधारा–चाँदनीमा प्रदेशसभा क्षेत्रीय समिति र वडा समितिसहित छलफल गर्ने भट्टले बताएका छन् ।
यसअघि कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै कञ्चनपुर–३ का क्षेत्रीय सभापति चन्दको जिम्मेवारी खोसेर उपसभापति पदमराज अवस्थीलाई जिम्मेवारी दिएको थियो ।
पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिहरू नरेन्द्रप्रसाद भट्ट र पदमराज पन्तले ११ जेठमा क्षेत्रीय उपसभापति अवस्थीलाई अद्यावधिकको काम अघि बढाउन भन्दै पत्र दिएका थिए ।
पत्रमा क्षेत्रीय कार्यसमितिको विस्तृत बैठक आह्वान गरेर २१ जेठभित्र क्षेत्रअन्तर्गत गर्ने सबै वडाहरूको क्रियाशील सदस्यता अद्यावधिक काम सम्पन्न गर्न पनि पत्रमा भनिएको छ ।
क्षेत्रीय समिति बैठकले केन्द्रको उक्त निर्णयप्रति खेद व्यक्त गरेको क्षेत्रीय सभापति चन्दले जानकारी दिएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया