हर्कराज राईद्वारा प्रधानमन्त्री शाहलाई जवाफेही बनाउन माग गर्दै संसद बहिस्कार
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदप्रति जवाफदेही बनाउन माग गरेका छन् ।
बुधबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा शुरुमै बोल्दै सांसद राईले प्रधानमन्त्री शाहलाई रुलिङ गरेर संसदप्रति जवाफदेही बनाउन माग गरेका हुन् । सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्न अस्वीकार गरेपछि श्रम संस्कृति पार्टीका सांसद एवम् संसदीय दलका नेता राईले संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।
संसदमा बोल्दै सांसद राईले भने, ‘केही दिनदेखि हामीले धेरै दिनदेखि प्रधानमन्त्रीको माग गर्दै आइरहेका छौँ । नियम १५ को २ अनुसार । सभामुखले उहाँलाई रुलिङ गरेर ल्याउन सक्नु भएको छैन । सभामुखले १५ को २ अनुसार प्रधानमन्त्रीज्यूलाई सदनमा जवाफदेही बनाएर ल्याउन सक्नु हुन्न भने नियमावलीको ३१ को १ लागू गरेर मलाई यो सदनबाट निष्काषन गरेर यो सदनको गरिमा बढाइदिनु अनुरोध गर्दछु ।’
‘यो दुइटामा एउटा म माग गर्दछु । कि १५ को २ प्रयोग गरेर प्रधानमन्त्रीज्यूलाई ल्याउनु पर्यो । होइन भने ३१ को १ प्रयोग गरेर मलाई आजको बैठकबाट निष्काषन गर्ने आदेश दिनु पर्यो,’ सांसद राईले भने ।
‘म आज रिसाउने वाला छैन । कराउने वाला छैन । सभामुखज्यूको मजबुरी बुझी राखेको छु मैले,’ सांसद राईले भने, ‘सभामुखज्यूको पनि बाध्यता छ । सदनको गरिमा यसरी कायम हुन सक्दैन । कि त प्रधानमन्त्रीजीलाई बोलाइदिनु प¥यो कि त तँ निस्केर जा भनिदिनु पर्यो । म अलिकति बद्मास विद्यार्थी जस्तो पनि देखा परिरहेको छु ।’
सांसद राईको मागलाई बेवास्ता गर्दै सभामुख अर्यालले रुलिङ गर्ने विषयमा सांसदहरूलाई आफूलाई नसिकाउन चेतावनी दिए ।
अर्यालले भने, ‘हामीले गर्दै आएको प्राक्टिस यी सबैलाई हेर्दा माननीयहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने, यसरी रुलिङ गर्नुस् भनेर सभामुखलाई निर्देशन दिने त्यो प्राक्टिस छ जस्तो मलाई लाग्दैन ।’
‘सभामुखले उचित ठानेमा आफूले त्यसको निर्णय लिन सक्ने सभामुखको जिम्मेवारी होला,’ सभामुख अर्यालले भनेका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया