घोटालामा मुछिएका कांग्रेसका जिल्ला सभापति समेत रहेका चतुरबहादुरलाई राखेपले थमायो ५ दिने पत्र
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दविरुद्ध पद दुरुपयोग गरेको लगायतका विभिन्न किसिमका गम्भीर आरोप लागेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले स्पष्टीकरण सोधेको छ ।
चन्दलाई राखेपले पाँच दिनभित्र जवाफ दिन निर्देशन दिएको छ । राखेपले क्यानलाई पत्राचार गर्दै अध्यक्ष चन्दविरुद्ध विभिन्न उजुरी परेकाले त्यस विषयमा पाँच दिनभित्र राय/प्रतिक्रिया र प्रमाणित कागजातहरू उपलब्ध गराउन निर्देशन दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८३ वैशाख १६ गते अध्यक्ष चन्दविरुद्ध उजुरी दर्ता भएको छ । वैशाख २९ गते आयोगले युवा तथा खेलकुद मन्त्रालयलाई यस विषयमा पत्र पठाएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले वैशाख ३१ गते राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई पत्र काटेर १० दिनभित्र जवाफ पठाउन निर्देशन दिएको छ ।
मन्त्रालयको पत्रमा क्यानका अध्यक्ष र कोषाध्यक्ष लगायतका पदाधिकारीहरूले आफ्नो पदीय अधिकारको दुरुपयोग गर्दै सार्वजनिक कोष अपचलन गरेको, अमेरिकामा भएको विश्वकप भ्रमणमा अनियमितता गरेको, कर्मचारी भर्ना प्रक्रियाको दुरुपयोग गरेको, अपाङ्गता भत्ताको दुरुपयोग गरेको, वार्षिक साधारण सभा र विश्वकप जर्सी तथा टिकटमा अनियमितता भएको लगायतका विषयहरूमा जवाफ मागिएको छ ।
गत बिहीबार क्यानलाई पत्राचार गरेर राखेपले चन्दविरुद्ध विभिन्न बुँदामा अख्तियारमा उजुरी परेको र उक्त उजुरीको गाम्भीर्यतालाई अध्ययन गरी उजुरीमा उठाइएको विषयमा बुँदागत रुपमा सत्यतथ्य राय÷प्रतिक्रिया एवं सो सँग सम्वद्ध प्रमाणित कागजात विवरणहरू पछिसम्म फरक नपर्ने गरी पठाउन निर्देशन दिएको छ ।
नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति समेत रहेका चन्द प्रतिनिधि सभाको गत निर्वाचनमा पराजित भएका थिए । भृकुटीमण्डपको भेला अर्थात् कथित विशेष महाधिवेशनमा खुलेर लागेका कारण चन्दले प्रतिनिधि सभाको टिकट पाएका थिए । टिकट पाए पनि चन्द लज्जास्पद तरिकाले पराजित भएका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया