कलैयामा रास्वपाका नेता, कार्यकर्ताले बबाल गरेपछि सांसदहरू ज्यान जोगाएर भागे
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठकमा जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूमाथि धकेलाधकेल र हातपातको प्रयास भएको छ ।
शनिबार कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित विस्तारित बैठकमा असन्तुष्ट कार्याकर्ताहरूले पार्टी प्रतिनिधी र सांसदहरूमाथि हातपातको प्रयास गरेका हुन् । त्यस क्रममा सांसद र नेताहरूविरुद्ध नारावाजी समेत भएको छ ।
असन्तुष्ट कार्यकर्ताहरू उग्र बनेर प्रतिनिधिसभा सदस्यहरू र पार्टीले खटाएका प्रतिनिधीहरूलाई बैठकमै तानातान गरेर भाडभैला मच्चाएका थिए । धकेलाधकेल र हातपातको प्रयाससहित नाराबाजी भएपछि बैठकबाट रास्वपाका बारा १ का सांसद गणेश धिमाल, बारा २ का चन्दन सिंह, बारा ३ का अरविन्द साह र बारा ४ का रहबर अन्सारी रास्वपाले बारामा खटाएको प्रतिनिधी कामनी चौधरीलगायत नेताहरू बैठकबाट भागेका छन् ।
बैठकमा संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार पक्ष मानिने जिल्ला पदाधिकारी र स्थानीय तहका सभापतिहरूलाई संगठन बाहिर राख्न खोजिएको आरोप छ ।
बर्षैदेखि रास्वपा संगठनलाई जिल्लाको स्थानीय तह र वडाहरूमा संगठन बिस्तार गरेका साथीहरूलाई आउने स्थानीय तहको निर्वाचनमा पार्टीबाट टिकट दिनुको साटो सांसदहरूले पहिला नै टिकट बिक्री गरेको थाहा पाएको दाबीसहित बैठकमै विवाद शुरु भएको थियो ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हस्तक्षेप गर्दै सांसदहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको छ । बैठकस्थललाई प्रहरीले सुरक्षा दिएको छ ।
केही दिनअघि मात्रै संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको साधारण सदस्यता समेत खारेज गरिए पछि रास्वपा बारा जिल्लाभित्रको विवाद थप गहिरिएको छ ।
बैठकमा सहभागी भएका सांसदहरूले आफ्ना गुण्डा लिएर आएको र पुराना कार्यकर्ताहरूलाई बोल्न नदिएको देखेर साथीहरूले प्रतिवाद गरेको रास्वपाका संस्थापक अध्यक्ष चन्दन सर्राफले बताएका छन् ।
पुराना कार्यकर्ताहरूले सांसदहरूले पहिला नै स्थानीय तहबाट पार्टीबाट बन्ने उम्मेदवारहरूको टिकट बिक्री गरेको थाहा पाएर त्यसको जवाफ माग्न खोज्दा उल्टै उनीहरूलाई प्रहरी र गुण्डा लगाएर कुटन खोजिएको सर्राफले बताएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया