रास्वपा, कांग्रेस र एमालेका सांसदहरूद्वारा राज्य व्यवस्था समितिको बैठक बहिस्कार
काठमाडौं । सांसदहरूले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति बैठकलाई बहिस्कार गरेका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकबाट पत्रकारहरूलाई निकालिएको विरोधमा सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । बैठक बहिष्कार गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र एमालेका सांसदहरू रहेका छन् ।
शुक्रबार बनेपास्थित विस्थापित सुकुम्बासीहरूको बसोबास केन्द्र अनुगमनमा देखिएका विषयबारे पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्ने कार्यक्रममा समितिले पत्रकारहरूलाई निषेध गरिएको थियो ।
यसरी निषेध गरेपछि सत्तारुढ रास्वपाकै सांसद अमरेशकुमार सिंह बैठक छोडेर हिँडेका छन् । कांग्रेसका प्रमुख सचेतक निश्कल राई, एमालेका सांसद मोहम्मद इश्तियाक राईले पनि बैठक छोडेका छन् ।
कांग्रेस सांसद राईले पत्रकारलाई निषेध गरी बैठक चलाउन नसकिने र आफूहरूको समर्थन नरहेको बताएका छन् ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया