क्रिकेटमा नेपालसँग अमेरिका विशाल अन्तरले पराजित
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ नेपालले अमेरिकालाई एक सय २२ रनको विशाल अन्तरले हराएको छ ।
शुक्रबार काठमाडौंको कीर्तिपुरमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाविरुद्ध नेपालले हासिल गरेको यो नै सबैभन्दा ठूलो रनअन्तरको जित पनि हो ।
नेपालले जारी शृंखलामा आफूले खेलको चारमध्ये तीन खेलमा जित निकाल्यो । जितसँगै नेपाली टोलीले जारी लिग–२ तालिकाको चौथो स्थानमा आसीन नेदरल्यान्ड्ससँगको अंक दूरी पनि घटाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १७ रन बनाएको थियो ।
ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकी टोलीले भने ४१.२ ओभरमा अलआउट हुनुअघि एक सय ९५ रनमात्र बनाउन सक्यो ।
यो जितसँगै नेपाली टोलीले कीर्तिपुर क्रिकेट मैदानमा अमेरिकाविरुद्धको जितको शृंखलालाई पनि निरन्तरता दिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया