गगनको अध्यावधिले हावा खायो, साढे ८ लाखमा जम्मा ४५ हजारले मात्रै गरे अध्यावधि, सभापतिहरुलाई कारबाहीको धम्की
काठमाडौं । गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गर्ने वडा सभापतिहरुलाई कारबाही गर्ने धम्की दिएको छ ।
भृकुटीमण्डपको कथित विशेष महाधिवेशनबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर निर्वाचन आयोग र सर्वोच्च अदालतबाट मान्यता पाएपछि गगनले अध्यावधिका नाममा बबण्डर मच्चाइरहेका छन् । ८ लाख ५० हजार क्रियाशील सदस्य रहेको कांग्रेसमा करीव ४५ हजारले मात्रै अध्यावधि गरेको एक नेताले बताएका छन् ।
१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको छ । कांग्रेसलाई हाइज्याक गरेर सभापति बनेका गगनले आफ्ना विरोधीहरुलाई ठेगान लगाउन अध्यावधिका नाममा खेलकुद गरिरहेका छन् । हालसम्म जम्मा ४५ हजारले मात्रै अध्यावधि गरेपछि गगनको योजना फेल खाने अवस्थामा पुगेको नेताहरुले बताएका छन् ।
शेरबहादुर देउवा र डा.शेखर कोइराला समूहले अध्यावधिको विरोध गरिरहेका छन् । उनीहरुले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेपछि अध्यावधि आवश्यक नपर्ने बताउँदै आएका छन् । तर, गगनले आफ्ना विरोधीलाई तह लगाउन अध्यावधिको हर्कत गरिरहेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले देशैभरका ६ हजार ७४३ वटै वडा समितिलाई पत्र पठाएर जेठ २१ भित्रै क्रियाशील सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न भनेका हुन् ।
‘वडा सभापतिहरूले आप्नो मोबाइलमा एप स्टोर र गुगल प्ले स्टोरबाट नेपाली कांग्रेसको एप डाउनलोड गरेर मोबाइलमा लगइन गरी तोकिएको समय जेठ २१ गतेभित्रै क्रियाशील सदस्यता अद्यावधिकको कार्य गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ ।
त्यस्तै क्रियाशील सदस्यता अद्यावधिकको लागि असहयोग गरेमा विधान बमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गरिने चेतावनी पनि दिइएको छ । ‘असहयोग गर्ने वडा सभापतिको विवरण पालिका कार्यसमितिले केन्द्रलाई उपलब्ध गराउनुपर्नेछ,’ पत्रमा उल्लेख छ ।
गगनले कांग्रेसभित्र निरंकुश शैली अपनाएका छन् । गगनले आफू खुसी गतिविधि गरिरहेका छन् । त्यो गतिविधि गरिरहँदा बहुमत नेताहरुलाई मन परेको छैन ।

बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया