तरुण दल, महिला संघ र नेविसंघको अध्यक्ष बनाउन गगन थापाद्वारा मिडिया ट्रायल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भ्रातृ संस्थाहरूको अध्यक्ष नियुक्ति गर्नुभन्दा अगाडि मिडिया ट्रायल गरेका छन् ।

केही दिन अगाडि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट भ्रातृ संस्थाहरू बिघठन गरेका थापाले आफू निकटका व्यक्तिलाई अध्यक्ष बनाउन मिडिया ट्रायल गरेका छन् । थापाको मिडिया ट्रायलका विषयमा कांग्रेसभित्रै खैलाबैला भएको छ ।

नेपाल तरुण दलको अध्यक्षमा मनीष कोइराला (काठमाडौं), नेपाल महिला संघको अध्यक्षमा मीना खरेल (चितवन) र नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कट्वाल (धनकुटा)लाई नियुक्त गरेको भनेर सामाजिक सञ्जालमा थापा निकटका नेता तथा कार्यकर्ताहरूले बधाई र शुभकामना दिएर लेखिरहेका छन् ।

सभापति थापाले आफ्नो रोजाइका व्यक्तिहरूलाई नियुक्त गर्दा समर्थन र विरोध के कति आउँछ ? भनेर मिडिया ट्रायल गरेको एक पदाधिकारीले बताए । ती पदाधिकारीले भने, ‘सभापतिजीले नियुक्ति गर्नुभन्दा अगाडि मिडिया ट्रायल गरेको जस्तो लाग्यो । सम्भवतः तरुण दलको अध्यक्षमा मनीष कोइराला, महिला संघको अध्यक्षमा मीना खरेल र नेविसंघको अध्यक्षमा करुणा कटुवाललाई नै नियुक्ति गर्ने सम्भावना छ ।’

Published : Friday, 2026 May 8, 12:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया