कांग्रेस नेता खड्कासँग गगन र विश्वद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्कासँग सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्माले भेट गरेका छन् ।

बुधबार काठमाडौंको गल्फुटारस्थित नेता खड्काको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । कथित विशेष महाधिवेशनबाट गगन थापाले नेपाली कांग्रेसलाई हाइज्याक गरेपछि पार्टीलाई कसरी मलिाएर लैजाने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।

नेता खड्कासँग थापा र शर्माले के के विषयमा कुराकानी गरेका हुन् केही भनिएको छैन । नेता खड्काले १४औँ महाधिवेशनबाट आएको कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई मिलाएर लैजान सुझाव दिएको बुझिएको छ ।

नेता खड्काले कांग्रेसलाई मिलाएर लैजाने विषयमा कांग्रेसको अहिलेको नेतृत्वले सबैभन्दा धेरै जिम्मेवारी र भूमिका खेल्नुपर्ने बताएका छन् ।

गत पुस महिनादेखि कांग्रेसका नेता तथा कार्यकर्ता विभाजित छन् । थापाले विशेष महाधिवेशनको विपक्षमा उभिएका नेतालाई समेटेर लैजान संवाद अगाडि बढाएको जनाएका छन् ।

मंगलबार नेता डा.डा.शेखर कोइरालासँग सभापति थापाले भेटवार्ता गरेका थिए । विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा उनीहरूबीच पार्टी एकता कायम राख्ने विषयमा छलफल भएको थियो ।

Published : Wednesday, 2026 May 6, 2:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया