कांग्रेसको भ्रातृ संस्था दलित संघको अध्यक्ष पदबाट विश्वकर्माले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन् ।

सोमबार कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा विश्वकर्माले आफ्नो राजीनामा पत्र दर्ता गराएका छन् । विश्वकर्माले व्यक्तिगत र स्वास्थ्यका कारण संघको अध्यक्ष पदबाट राजीनामा दिएको जनाएका छन् ।

विश्वकर्माले आफूलाई नेपाल दलित संघको अध्यक्षको जिम्मेवारी दिएका तत्कालीन सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

विश्वकर्माले राजीनामा पत्रमा भनेका छन्, ‘उपरोक्त सम्बन्धमा मलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको श्रावण १०, २०८० को बैठकको निणर्य अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालयको २०८०, असोज १३ गतेको पत्र अनुसार तत्कालीन पार्टी सभापति श्री शेरबहादुर देउवाज्यूले पार्टी आवद्ध संघ नेपाल दलित संघको केन्द्रीय अध्यक्ष पदमा नियूक्त गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै, मेरो पारिवारिक एवं शारीरिक समस्याका कारणले गर्दा हाललाई उक्त पदमा रहि जिम्मेवारी पूरा गर्न असमर्थ रहेको कारणले नेपाल दलित संघ केन्द्रीय तदर्थ कार्यसमितिको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा पेश गर्दछु । संघद्वारा अन्य गतिबिधिहरूमा सदैब सक्रिय रहनेछु ।’

नेपाली कांग्रेसभित्रको विवाद र बिग्रहले गर्दा विश्वकर्माले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

Published : Monday, 2026 May 4, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया