भूमिहीन र सुकुम्बासीका घर, टहरामा डोजर चलेपछि देशका विभिन्न ठाउँमा हजारौंको प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइ बहुमतको सरकारले भूमिहीन तथा सुकुम्बासीहरूले बनाएको घर, टहरा भत्काएर विस्थापित बनाउन थालेपछि जिल्ला जिल्लाहरूमा प्रदर्शन शुरु हुन थालेका छन् ।

बुटवल, धरान, चन्द्रौटा, दाङ लगायतका स्थानमा प्रदर्शन भएका छन् । काठमाडौंमा पनि छिटफुट प्रदर्शन भइरहेका छन् । प्रदर्शनहरूमा ठूलो संख्यामा सहभागिता रहेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनमा सुकुम्बासी र भूमिहीनको घर, टहरा भत्काउनुका साथै बेघर बनाएपछि देशभरि प्रदर्शन र विरोध हुन थालेका हुन् ।

गृह मन्त्रालयले सार्वजनिक, ऐलानी, आदि जग्गा खाली गराउन ७७ जिल्लाको प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र नै काटेको छ । नेपाली सेनाले स्थानीय सरकारलाई छुट्टै पत्र काटेर तथ्याङ्क समेत माग गरेको छ । यस्तो अवस्थामा त्रसित रहेका भूमिहीन र सुकुम्बासी जनताहरू सडकमा उत्रिन थालेका हुन् ।

Published : Monday, 2026 May 4, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया