कसैलाई आक्षेप नलगाएर लोकप्रिय नेता रिजालद्वारा कांग्रेस पार्टी परित्याग
तुलसीपुर । नेपाली कांग्रेस, दाङका महाधिवेशन प्रतिनिधि विमल रिजालले पार्टी परित्याग गरेका छन् ।
दाङ क्षेत्र नं. ३ बाट राजनीति गर्दै आएका रिजालले पार्टीभित्र देखिएको विवाद, अन्तरद्वन्द्व लगायतका कारण पार्टी परित्याग गरेका हुन् । उनले व्यक्तिगत कारणले कांग्रेस छाडेको बताएका छन् । उनले कसैलाई पनि रिजालले दोष लगाएका छैनन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दाङ ३ बाट रिजालले सर्वाधिक मत प्राप्त गरि महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए ।
नेता रिजालले आफू कांग्रेसको क्रियाशील सदस्यता पनि त्याग गरेको बताएका छन् । रिजाल तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् ।
गगनकुमार थापाले भृकुटीमण्डप भेलाबाट कथित विशेष महाधिवेशनको नामबाट नेपाली कांग्रेस कब्जा गरेपछि कांग्रेसभित्र भाँडभैलो भएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया