पुसमा हुने दमक नमूना च्याम्पियनसिपमा २५ लाख खर्च लाग्ने
दमक । झापामा दमक नमूना ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक दमक नमूना च्याम्पियनसिप २०८२ पुस दोश्रो साता हुने भएको छ ।
बिहीबार आयोजकले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप पुस १०, ११ र १२ गते गर्ने निर्णय गरेको जनाएको छ । दमक नगरपालिका वडा नं. ७ स्थित आयोजकको आफ्नै कभर्ड हलमा हुने च्याम्पियनसिपमा विभिन्न ७ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
उर्जाशील नव खेलाडीहरूको उत्पादन गर्दै उद्धेश्यले आयोजना गर्न लागिएको राष्ट्रिय च्याम्पियनसिपमा खुला पुरुष युगल, खुला मिक्स युगल, खुला महिला युगल, खुला १०० प्लस पुरुष मास्टर युगल, प्रदेशस्तरीय बी डिभिजन खुला पुरुष युगल, प्रदेशस्तरीय १३ वर्ष उमेर समूह पुरुष तथा महिला गरि ७ विधामा करिव ४ सय खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।
कुल ६ लाख ६५ हजार पुरस्कार रासी रहेको च्याम्पियनसिपमा खुला पुरुष युगल र १०० प्लस पुरुष मास्टर युगलतर्फका विजेता, उपबिजेता र सेमिफाईनलिष्टले नगद ७१ हजार, ५१ हजार र ४१ हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
मिक्स युगल, महिला युगल र बी डिभिजन खुला पुरुष युगलतर्फ ४१ हजार, ३१ हजार र २१ हजार, उमेर समूहतर्फ १० हजार, ६ हजार र ६ हजारसहित मेडल ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख छ ।
तीन दिने च्याम्पियनसिपको अनुमानित लागत २४ लाख ७४ हजार रहेको छ । च्याम्पियनसिपमा जिल्ला बाहिरबाट सहभागी हुने खेलाडीहरूको खान बस्नको ब्यवस्था आयोजकले गर्ने आयोजकका अध्यक्ष प्रकाश राईले जनाएका छन् । प्रतियोगिता बिडब्लुएफ र ब्याडमिन्टन संघको नियमानुसार खेलाइनेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया