बलबहादुरसहितका नेताहरू सोलु कांग्रेसद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको उम्मेदवारमा सिफारिस
सल्लेरी । नेपाली कांग्रेस, सोलुखुम्बुले प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभातर्फ उम्मेदवार सिफारिस गरेको छ ।
सोलुखुम्बु कांग्रेसले प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य बलबहादुर केसी, आङगेलु शेर्पा, विनोद बस्नेत, प्रकाश कार्की, रामबहादुर बस्नेत, पासाङ शेर्पा, शुभराम बस्नेत, गणेश बस्नेत, जयप्रसाद राई, चन्द्र आचार्य, नवीन थापा, दावागेलु पाख्रिन, रीना उप्रेतीको नाम सिफारिस गरेको छ ।
प्रतिनिधिसभा समानुपातिकतर्फ छत्रध्वज बस्नेत, छिन्डिल्हमु शेर्पा, अशोक झा, सरला नाछिरिङ, एककुमारी बस्नेत, गीता गुरुङ, पूजा फुयाल, दुर्गाप्रसाद दर्जीको नाम सिफारिस गरिएको सोलुखुम्बु कांग्रेसले जनाएको छ ।
सोलुखुम्बु कांग्रेसले राष्ट्रिय सभातर्फ भोजराज कार्की र धर्म नेपालीको नाम सिफारिस गरेको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया