अनुशासनहीन कार्य गर्ने उपाध्यक्ष खड्कालाई एन्फाद्वारा कारबाही
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुशासनहीन कार्य गर्ने आफ्ना वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बनसहितको कारबाही गरेको छ ।
शुक्रबार भर्चुअल रुपमा बसेको एन्फाको आपतकालीन बैठकले खड्कालाई निलम्बन गरेको हो । एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङले खड्कालाई गत आइतबार स्पष्टीकरण सोधेका थिए ।
अध्यक्ष नेम्बाङ विदेश गएको बेला आफू स्वतः कार्यवहाक अध्यक्ष भएको भन्दै खड्काले महासचिव किरण राईलाई स्पष्टीकरण सोधेका थिए । तीन दिनभित्र जावाफ नदिएको भन्दै खड्काले महासचिव राईलाई निलम्बन समेत गरेका थिए ।
महासचिव राईलाई निलम्बन गरेको प्रक्रिया अनाधिकृत भएको भन्दै अध्यक्ष नेम्बाङले वरिष्ठ उपाध्यक्ष खड्कालाई आइतबार स्पष्टीकरण सोधेका थिए । खड्कालाई पाँच वटा प्रश्न गर्दै स्पष्टीकरण सोधिएको थियो । जवाफ चित्तबुझ्दो नभएपछि खड्का निलम्बनमा परेका हुन् । खड्काको निलम्बन आगामी साधारण सभासम्म हुनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया