मृतक जेनजीहरूलाई शहीद घोषणा गर्ने निर्णय, मृतक परिवारलाई १० लाख दिने
काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन् ।
आइतबार पद ग्रहण गरे लगत्तै कार्कीले जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छिन् । उनले प्रत्येक मृतकका परिवारलाई १०/१० लाख दिने निर्णय पनि गरेकी छिन् ।
पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदबहाली गरेकी हुन् । कार्कीलाई स्वागत गर्न उच्च कर्मचारीहरूलाई बिहानै बोलाइएको थियो ।
प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेकी छिन् । उनले क–कसलाई मन्त्री बनाउने हुन् खुलेको छैन ।
Published : Sunday, 2025 September 14, 11:52 am
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया