कांग्रेसका खतिवडाले लिए सभापति पदको शपथ
काठमाडौं । संसदीय सुनुवाई समितिका सभापति रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार सिंहदरबारमा खतिवडाले सभामुख देवराज घिमिरे समक्ष शपथ लिएका हुन् । खतिवडा सुनुवाई समितिको सभापतिमा सर्वसम्मत भएका हुन् ।
नेपाली कांग्रेसका सांसद खतिवडा यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रहेका थिए । समितिमा निजामती कर्मचारी विधेयकमाथि कुलिङ अफ पिरियडलाई लिएर प्रश्न उठेपछि खतिवडाले सभापति पदबाट राजीनामा दिएका थिए ।
खतिवडाले राजीनामा दिए पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खतिवडालाई नै संसदीय सुनुवाई समितिको सभापति बनाएका छन् ।
Published : Monday, 2025 September 8, 8:04 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया