वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपाललाई रजत पदक
काठमाडौं । उज्बेकिस्तानको ताशकेंट शहरमा यही जुलाई २३ देखि २७ तारिखसम्म आयोजना भएको वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपालका बसील तोयनाले रजत पदक जितेका छन् ।
प्रतियोगिताको दोश्रो दिन ८०–८५ केजी तौल समूहमा उज्बेकिस्तान, फ्रान्स, अजरबैजान र नेपालका खेलाडीबीच लीग चरणमा खेलाइएको खेलमा नेपालका बसीलले पहिलो खेलमा आयोजक उज्बेकिस्तानका खेलाडी जीदीरोभ मोहम्मदलाई हराई ३ अंक हासिल गरे ।
दोश्रो खेलमा अजरबैजानका खिलाडी मेहमेद सुलेमनोभलाई पराजित गरी ६ अंक बटुली तेसरो खेलमा फ्रान्सका खिलाड़ी मलभिन पेरीईले वाकओवर दिँदा ९ अंक बटुली फाइनल प्रवेश गरेका छन् ।
७ अंक बटुली फाइनल प्रवेश गरेका फ्रान्सकै खेलाडी मलभिन पेरीईबीच तेश्रो दिन भयको फाइनल खेलमा भने नेपालका बसील पराजित भई रजत पदकमा चित्त बुझाएका छन् ।
करीब दुई वर्ष अगाडि मात्र नेपाल भित्रिएको सभात खेलको विश्व प्रतितोगितामा आफनो खेलाडीले सभातको पावर हाउस मानीने देशहरूलाई पराजित गरी सभात खेलको जन्मदाता देश फ्रान्सको खेलाडीसंग फाइनलमा उत्कृष्ट प्रदर्शनको बाबजुद पराजित भई रजत पदकमा चित्त बुझाउनू परेको छ ।
नेपाल साभातका संस्थापक अध्यक्ष तथा टीम कोच एवं एशियन सभात कन्फडिरेशनका कार्यकारी सदस्य समेत रहेका लक्ष्मण बस्नेतले बताए ।
नेपालको खिलाडी फाइनल प्रवेश गरी फ्रास जस्तो नम्बर वन टीमको खेलाडीसंग पराजित भए पनि धेरै देशका कोच तथा खिलाडीहरू प्रभावित भएको प्रशिक्षक लक्ष्मण बस्नेतले बताए ।
खेललाई नेपालका तीनै तहका सरकारले लगानी गरी सहयोग गरने हो । नेपाललाई पनि सभात खेलको पावर हाउसमध्य एक बनाईं विश्वमा नेपालको शिर उच्च राख्न सक्ने आत्मविश्वास रहको प्रशिक्षक बस्नेतले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया