नेपाललाई एसीसी यू–१६ इस्ट जोन कपको उपाधि

काठमाडौं । एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।
शनिबार मलेसियाको युकेएम वाइएसटी ओभलमा भएको फाइनल खेलमा सिङ्गापुरलाई २ विकेटले हराउँदै साविक विजेता नेपालले उपाधि उचालेको हो ।
एसीसी यू–१६ इस्ट जोन कपको व्यक्तिगत विधातर्फको सम्पूर्ण पुरस्कार विजेता टोली नेपालका खेलाडीले जितेका हुन् । फाइनल खेलको प्लेयर अफ दि अभय यादव भएका छन् । खेलको २९ औँ ओभरको अन्तिम बलमा अभयले छक्का प्रहार गर्दै नेपाललाई उपाधि दिलाएका हुन् । अभयले नेपालका लागि ३ विकेट लिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रौनक श्रीवास्तव घोषित भए । उनले प्रतियोगितामा एक शतक र एक अर्धशतकसहित २९६ रन बनाएका छन् ।
इन्डोनेसियासँगको खेलमा ८८ रन बनाएका उनले भुटानसँगको खेलमा १६८ रन बनाए । रौनकले बनाएको १६८ रन कुनैपनि नेपाली खेलाडीले बनाएको उच्च व्यक्तिगत स्कोर हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका रौनक उत्कृष्ट ब्याटर पनि घोषित भएका छन् ।
उत्कृष्ट बलर नेपालका कप्तान विपिनप्रसाद शर्मा घोषित भए । उनले प्रतियोगिताका ६ खेलमा कुल १७ विकेट लिए । नेपालका अन्य खेलाडीले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया