कुलिङ परियडमा कर्मचारीहरूले गडबडी गरेपछि सभापति खतिवडाद्वारा विशेष सम्बोधन

रामहरि खतिवडा, सभापति, राज्य व्यवस्था तथा सुशासन समितिका

मलाई थाहा थियो । यो मिट्रिङ बोलाउँदा सबैभन्दा आलोचनाको पात्र म हुन्छु भन्ने जानीजानी यो बैठक निमन्त्रण आयोजना गरेको हुँ । मेरो निष्ठा र प्रतिष्ठामाथि आँच आउने काम भएको छ । तर, मेरो संलग्नता बिना भएको छ । म सभापतिको संलग्नता बिना यो निर्णयको मेरो निष्ठामा आँच आउने गरि भएको छ ।

कुलिङ अफ पिरियडको सन्दर्भमा म हिजो पनि दुई वर्ष राख्नुपर्छ भनेर अडान लिएको हुँ । उपसमितिले एक वर्ष ल्याउँदा पनि दुई वर्ष भनेर उपसमितिको साथ सहयोगले सम्भव भएर पारित गरेका हौँ । ३/३ जना मन्त्रीहरूले आएर पनि स्वीकार गर्नुभएको छ । त्यो दफालाई नमिलाउने काम आज हेर्दा कानून मन्त्रालय र मेरो सचिवालयको सचिवबाट भएको देखिए जस्तो मलाई अनुभूति भएको छ ।

जहाँसम्म सामान्य प्रशासन मन्त्रीज्यूले सभापतिले मलाई रिपोर्ट दिनुभएन भनेर भन्नुभयो जेठ १५ गतेका दिन, लोकतन्त्र दिवसको दिन थियो, मुख्य सचिव पनि हुनुहुन्थ्यो । टुडीखेलमा कार्यक्रम थियो । खाना खान मलाई बोलाउनुभयो उहाँले मन्त्रालयमा सचिवज्यू पनि हुनुहुन्छ । लीलानाथ श्रेष्ठ पनि हुनुहुन्थ्यो । दिलेन्द्र बडूलाई बोलाइयो । रघुजी पन्त हुनुहुन्थ्यो । म थिएँ । मन्त्रीज्यू हुनुहुुन्थ्यो । वन मन्त्री पनि आउनु भएको थियो ।

जेठ २ गते पारित भएको थियो । जेठ १५ गते नै सामान्य प्रशासन मन्त्रीलाई लगेर मैले ड्राफ्ट देखाएँ । लीलानाथ श्रेष्ठ साँछी हुनुहुन्छ । मन्त्रीले के भन्नुभयो भने– सभापतिज्यू यो शब्द त ठीक थिएन । अवकास पाएपछि भन्ने थियो । अवकास पाएर मात्रै हुँदैन, राजीनामा दिएपछि पनि यिनीहरू कुलिङ अफ पिरियडमा जान सक्छन् । राजीनामा शब्द पनि मैले राखेँ । पहिला निजामती कर्मचारी मात्रै भन्ने थियो । सरकारी र निजामती कर्मचारी भन्ने शब्द राखे मैले । यस वापत मैले धेरै ठाउँमा हप्कीदप्की, त्रसाइ, थर्काइ पनि खानु परेको थियो । जेठ ३ गते मेरो लोगो समेत हरायो । मलाई तानातान गरियो । सबै आएर ।
तर, ४ पछाडि ५ राख्ने काम कसले गरेको हो हामी सचिवालय, आज सम्पूर्ण संसद यो जान्न चान्छौं । संसदको हामीमाथिको ठूलो प्रहार हो । कानून बनाउनेमाथिको प्रहार हो । यहाँ क–कसको खेल छ भन्ने हामीले जान्नुपर्ने पनि जरुरी छ ।

यहाँ त के आयो सभापतिले । मैले सोधेँ के छ ठीक छ । माननीय हृदयराम थानीले कोर टिम भन्नुभयो । कोही कोर टिम होइन । सामान्य प्रशासन मन्त्रीजीले के भन्नुभयो, साक्षी हुनुहुन्छ रघुजी पन्त । यो विधेयक सम्माननीय प्रधानमन्त्रीज्यूले आजै संसदमा पेश गर्न भन्नुभएको छ । प्रेसर बढि भयो रामहरिजी आजै पेस गर्नुपर्छ भनेर मेरो कोठामा रघुजी पन्तको अगाडि भन्नुभयो । विधेयक पेश गर्नुभन्दा अगाडि म उहाँको कार्यकक्षमा गएँ । सबै राम्रो रहेछ । यो एउटा थप्नु भएछ झन् राम्रो भयो । त्यो दिन रिपोर्ट दिएको थिएँकी थिइन् त्यो दिन मैले ? अनि रिपोर्ट पाइन भनेर ईन्टरभ्यु दिने ? मन्त्रीले ? राज्य व्यवस्थाले यसो गर्‍यो भन्ने ? रिपोर्ट तपाईहरूको अगाडि दिएको हो कि होइन ? तपाईहरूले हेरेर यो ठीक छभनेको हो की होइन ?

त्यसैले मेरो निष्ठा माथि पनि प्रहार भएको छ । यो समितिमा हामीले नागरिकता विधेयक पारित गर्‍यौँ । संवैधानिक परिषदको काम, कर्व्य र अधिकार सम्बन्धि विधेयक पास गर्‍यौँ । अनुगमन विधेयक पास गर्‍यौँ । यो समितिले सबैभन्दा ठूलो उपलब्धि गरेको छ । यो समितिलाई खुइल्याउने काममा केही मान्छेहरू लागेको अनुभूमि हामीलाई भयो । आज थाहा पाउँदैछु म । यो कसले गर्‍यो भन्ने कुरा । सबै निजामती कर्मचारी खराब छन् भनेर म भन्न चाहँदैन । क्षमता, योग्यता, प्रतिष्ठामा गर्व लाग्छ कतिपय निजामती कर्मचारीहरूमा । कतिपय निजामती कर्मचारी आफू मात्रै खाऔँ । अरु जाओस् भन्ने प्रवृत्तिको पनि हामीले देखेका छौँ । त्यसलाई कन्ट्रोल गर्न पनि कुलिङ अफ पिरियड ल्याउन खोजेका हौँ । त्या वापत हामीले कत्रो भनाइ खानु परेको छ ।

बेइज्जती भोग्नु परेको छ सार्वजनिक रुपमा । हामी यसलाई जस्तोको तस्तै छ भनेर लैजाने बीचमा तोड्ने काम भएको छ । यो गम्भीर अपराध हो । अक्षम्य अपराध हो । हामी सभामुखलाई छानविनका लागि अनुरोध गर्न चाहन्छौँ । छानविन पछाडि गल्ती भयो भने रामहरि खतिवडा जस्तो सुकै सजाय, मेरो गल्ती देखियो भने सजायको भागी बन्न तयार छ । मार्ग प्रशस्त गर्न भन्नुभयो । म फेरि पनि भन्दछु । कुनै पनि ईश्युमा समितिको रायभन्दा बाहेक एउटा मैले थपेको भनेको ‘राजीनामा दिएपछि र अन्य सरकारी’ भन्ने दुई वटा बाहेक केही गरेको छैन । हामीले गरेको निर्णयलाई उल्ट्याउने र बिगार्ने काम कहाँ भएको छ भनेर जान्न चाहेका थियौँ । अलिअली अनुभूति भएको छ ।

मेरो नैतिकताको कुरा पनि आयो । मैले पनि राजनीतिमा कसैको निगाहले म यहाँ आएको होइन । निर्वाचित भएरै आएको हुँ । एक पटक होइन । त्योभन्दा बढि पनि भएको हुँला । मेरो बाबु शहीद भएर आएको पनि होइन । चन्दा दिएर पनि आएको होइन । म राजनीतिमा दुःख गरेर आएको हुँ । म क्यारम बोर्ड खेले जस्तो यहाँ ट्याङ्की खेले जस्तो त्यहाँ देखाएर यता छिराउने मान्छे पनि होइन । निष्ठा र प्रतिष्ठा जे बोलेको थिएँ त्यसमा आज पनि दृढ छु । कानून बनाउने काम गाह्रै हुन्छ । म माथि आक्रमण प्रहार भएको छ । म हिजो, अस्तीदेखि देखिरहेको छु । सभापतिको, सभापतिको । भएका निर्णयहरू गलत ढङ्गले ब्याख्या गर्ने ? हामीलाई थाहा नदिइकन ? यो हुन सक्छ ? गम्भीर अपराध भएको छ । यो कुराको छानविन हुनुपर्छ ।

हामीले अर्को कुरा पनि थप्यौँ । रघुजी पन्तले यो विधेयक लागू भएसकेपछि ३५ दिन पछाडि लागू हुने भन्ने शब्द राख्नु भयो । मैले मानिन । किन ३५ दिन भन्ने ? आर्थिक वर्षदेखि शुरु हुन्छ । लोकसेवामा जाँच दिने प्रक्रिया पनि छ । त्यो ३५ दिन पनि मैले हटाएको हुँ । कहिँ कहिँ यस्ता शब्द आएका थिए ।

मेरो निष्ठामाथि, मेरो प्रतिष्ठा माथि, मेरो इमान्दारितामाथि प्रहार गर्ने काम सोसल मिडियादेखि मिडियामा सारामा भएको छ ।
गाउँका जनता पनि जनता हुन् । हेरेका छन् । साँच्चदै बदमासी गरेको रहेछ क्या हो सभापतिले भन्ने भान भएको छ । त्यो क्लियर गर्न चाहन्छु । समितिबाट पारित भएको छ असार १५ गते सामानय प्रशासन मन्त्रीलाई लगेर मैले ड्राफ्ट देखाए ।

(राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सभापति रामहरि खतिवडाद्वारा सम्बोधन गर्दा दिइएको अभिव्यक्तिको सम्वादित अंश)

Published : Wednesday, 2025 July 2, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया