भिजिट भिसामा मुछिएका रास्वपाका कार्यबाहक सभापति अर्याल बरबराएपछि रामहरिले दिए जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवम् कार्यबाहक सभापति डोलप्रसाद अर्याल (डीपी)का अभिव्यक्ति व्यक्तिहरूप्रति गम्भीर आपत्ति प्रकट गर्दै रेकर्डबाट हटाउन माग गरेका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद खतिवडाले आकस्मिक समय लिएर बोल्दै खतिवडाले मानव तस्करीमा संलग्न मेनपावर व्यवसायी र ट्राभल्सका सञ्चालकलाई छानविन गरेर कारबाही गरौँ भन्दा ठूलो स्वरले कराएर विरोध गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने माग गरे ।

उनले भने, ‘छानविन गर्नुपर्छ भन्दा चोरको खुट्टा काटभन्दा फुत्त खुट्टो झिके जस्तो प्रवृत्ति अन्त्य होस् । यस्ता कुरा रेकर्डबाट हटाउनको लागि भरखरै बोलेकका माननीय सदस्यको शब्द रेकर्डबाट हटाइयोस् ।’

उनले भने, ‘कानूनी रुपमा, हिजो जुन मेनपावर कम्पनीहरूमा काम गर्ने म्यानपावर कम्पनीहरूलाई दलालमार्फत सुविधा दिने, दुई सय ९ वटा मेनपावर कम्पनीहरूलाई श्रममन्त्री हुँदा अबैध रुपमा सञ्चालन गर्न अनुमति दिने को मान्छे ? को श्रममन्त्री थियो ? त्यो छानविन गर्न म अनुरोध गर्न चाहन्छु । हामीले छानविनका लागि अनुरोध गरेका छौँ ।’

सांसद खतिवडाले भने, ‘केही माननीय सदस्यहरूको अभिव्यक्ति सुन्न पाइयो । हामीले कुनै माननीय सदस्यहरूको नाम किटान गरेर भनेका छैनौं ।’

‘चोरको खुट्टा काट् भन्दा खुट्टा झिके जस्तो गरेर केही माननीयहरू प्रस्तुत हुनुभयो । हामीले कुनै पनि संस्थालाई छानविन गर्नुपर्छ भन्दा किन ठूलो डाको स्वरले संसद थर्काउन सकिन्छ,’ खतिवडाले भने ।

‘कुनै बेला हामी अदालतबाट निर्दोष प्रमाणित भएर संसदमा प्रतिनिधित्व गरेका छौँ,’ खतिवडाले भने, ‘दोषी भएर आज पनि तिनै मान्छेहरू ठूलो स्वरमा संसदमा कराउँदा हाम्रो आपत्ति छ ।’

सांसद खतिवडाले भने, ‘म अनुरोध गर्न चाहन्छु । हामीले निष्पक्ष छानविन हुनु पर्छ भनेका थियौँ । छानविन गरौँ, दोषी छभने कारबाही गरौँ । निर्दोष छभने उहाँलाई हामी सफाइ दिन चाहन्छौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवम् कार्यबाहक सभापति डोलप्रसाद अर्यालले सुमिरे टुर्स एण्ड ट्राभल्स आफ्नो रहेको भन्दै कांग्रेसका सांसद खतिवडाको चरित्रहत्या हुने गरेर अभिव्यक्ति दिएका थिए । अर्यालको ट्रभल्सले अहिले पनि मानिसहरूलाई भिजिट भिसामा जापान लगायतका देशमा मानिसहरू पठाउँदै आएको छ ।

भिजिट भिसामा पठाउने धन्दामा संलग्न अर्यालले भिजिट भिसा प्रकरणको विरोध गरेर संसदमा अबरोध गर्दै आएका छन् । दिनभरि भिजिट भिसाको विरोध गर्ने अर्यालको दोहोरो चरित्रबारे सांसद खतिवडाले शनिबारको संसद बैठकमा खुलासा गरिदिएका थिए । त्यसपछि रास्वपाका सभापति अर्याल तनावमा परेका थिए ।

Published : Sunday, 2025 June 29, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया