पुष्प सदनका पन्तलाई विद्यालयस्तरको चेसको उपाधि

लगनखेल । राष्ट्रिय बुद्धिचाल संघ र हेटौंडा चेस क्लवको संयुक्त आयोजनामा संचालन भएको मदन स्मृति यू १५ चेसमा पुष्प सदन स्कुलका हार्दिक पन्तले विद्यालयस्तरको राष्ट्रिय चेस प्रतियोगितामा जितेका छन् ।
पन्तले आठौं चरण सम्मको खेलवाट ७ जित र १ बराबर खेल पस्केर ७.५ अंक सहित उपाधि हात पारेका हुन् । उनले आकर्षक ट्रफी, नगद पुरस्कार २५ हजार र स्वर्ण पदक पाए ।
ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा भएको प्रतिस्पर्धामा एशियन पब्लिक स्कुलका दीपेन मैनाली एकल ७ अङ्क सहित दोस्रो र बसुन्धरा नेशनल एकेडेमीका ६.५ अङ्क प्रोग्रेसिभ पोइन्टका आधारमा अविन पाण्डे तेस्रो स्थामा रहे ।
प्राप्त परिणाम अनुसार दीपेनले नगद १५ हजार, रजत पदक र अविनले १० हजार नगद पुरस्कार, काश्य पदक लिए ।
स्पर्धामा ६. ५ अङ्क प्राप्त गरेर संस्कार गुरुकुलका आशिर्वाद थापा चौथो, ६ अङ्क प्राप्त गर्दै नाइटिंगेल स्कुलका सुभनदीप थापा पाँचौँ हुन सफल भए । उनीहरूले जनही नगद ५/५ हजार पाउन सफल भए ।
प्रज्ञा कुञ्जका कसिभ कार्की, इन्टरनेशनल पब्लिक स्कूलका सार्थक पन्त, डिएभी स्कुलका हर्षबर्धन राठी, लिटल बुद्ध एकेडेमीका शुभम् जोशी र पाठशाला स्कुलका ओस्कर पन्थी क्रमशः छैँटौँदेखि दशौ स्थानमा रहेका छन् । उनीहरूले पनि जनही ३/३ हजार नगद पाए ।
यु– ९ खेलतर्फ लाबोरोटोरी स्कुलका छात्र अंकुर पोखरेल, इम्पेरियल स्कुलका छात्रा अग्रता आचार्य उत्कृष्ट भए भने यु– ११ मा मार्भलसका छात्रा निहाना श्रेष्ठ र माछापुच्छ्रे आइबीका छात्रतर्फ साहष श्रेष्ठ पहिलो हुन सफल भए ।
यू – १३ छात्रतर्फ मार्भलस स्कुलका बृज्नानन्द दास र छात्रामा उजिभनी कँडेल प्रथम भएका छन् ।
हेटौँडा चेस क्लबका अध्यक्ष धर्मबहादुर लामाको सभा अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेशका पूर्व श्रम तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकारले बिजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन् ।
कुल नगद पुरस्कार १ लाख १० हजार प्रदान गरिएको दुई दिने प्रतियोगितामा ४० स्कूलमा १०२ जना विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको थियो ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया