इनस्राइन स्कुलको पोल्टामा दोस्रो अलार्म नेपाल चेसको उपाधि

लगनखेल । ललितपुरका २५ वटा स्कुलहरूको साझा संस्था अलार्म नेपालले ललितपुर जिल्लाव्यापी अन्तरस्कुल बुद्धिचाल प्रतियोगिताको आयोजना सम्पन्न गरेका छन् ।
अलार्म नेपालले आफ्नो वार्षिक क्यालेण्डरमा समाविष्ट गरेको जिल्ला व्यापी अन्तरस्कुल दोस्रो अलार्म नेपाल चेस प्रतियोगिताका विजेता इनस्राइन नेशनल इङ्लिस सेकेन्डरी स्कूललाई एक समारोहबीच आकर्षक च्याम्पियन ट्रफी प्रदान गरेका छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकास्थित टीकाथलीमा रहेको इनस्राइन नेशनल इङिलस सेकेन्डरी स्कूलले ११ अंक म्याच प्वाइन्ट जोडेर उपाधि जितेका हुन् ।
ललितपुर महानगरपालिकास्थित कुमारीपाटीमा रहेको मेघा सेकेन्डरी स्कुलले ९ अंक म्याच प्वाइन्ट जोडेर उपविजेता बनेका छन् ।
महानगरकै सानेपामा अवस्थित साइनिङ स्टार सेकेन्डरी बोर्डिङ स्कुलले ८ अंक म्याच प्वाइन्ट प्राप्त गर्दै तृतीय स्थानमा उभिन सफल भएका छन् ।
ललितपुरको एकान्त कुनास्थित क्वालिटी रेस्टुरेन्टमा सञ्चालन भएको प्रतिस्पर्धामा ४ विधाका उत्कृष्ट पाँचौं स्थानसम्म प्राप्त गर्ने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका छन् ।
जसमा सिनियर छात्रतर्फ हिमालयन इन्टरनेसनल आइडन स्कुलका विद्यार्थी शुभ श्रेष्ठले ४ अंक १६.५ प्रोग्रेसिभ पोइन्टका आधारमा पहिलो बन्दै स्वर्ण पदक प्राप्त गरेका छन् ।
अमरकान्ती सेकेन्डरी इङलिस स्कुलका जेबिन डंगोलले रजत पदक, नव प्रभात माविका राजमण्डल, किडल्यान्ड स्कुलका सिमोन पौडेल र नाजरेथ स्कुलका विश्वराज रायले काश्य पदक हात पारेका छन् ।
सिनियर छात्रातर्फ इनस्राइन नेशनल इङलिस स्कुलका सम्झना घिमिरेले ५ अङ्कका साथ एकल अग्रता लिँदै स्वर्ण पदक प्राप्त गरेका छन् ।
राइजिङ स्टार सेकेन्डरी बोल्डिङ स्कुलका क्रब ज्योति कवर अरोरा ४ अङ्क प्रोग्रेसिभ पोइन्टले द्वितीय बन्दै रजत पदक र एकता एकेडेमीका श्रेया राईले काश्य पदक चुमेका छन् ।
उनीसँगै अमरकान्ती इङलिस सेकेन्डरी स्कुलका संगम घिमिरे र किनल्याण्ड स्कुलका सलिना राईले ३ अङ्क प्रोग्रेसिभ प्वाइन्टका आधारमा चौथो र पाँचौं स्थान प्राप्त गरेका छन् ।
जुनियर छात्रतर्फ मयुर स्कुलका अर्जुन बलामीले पूर्ण ५ अङ्क जोडेर स्वर्ण पदक प्राप्त गरेका छन् । मेघा सेकेन्डरी स्कूलका अपूर्व राजोपाध्याय शर्माले ४ अङ्क प्रग्रेसिभ पोइन्टका आधारमा द्वितीय बन्दै रजत पदक र इनस्राइन स्कूलका सुबिन तिमल्सिनाले काश्य पदक प्राप्त गरेका छन् ।
किडल्यान्ड स्कूलका सप्टेन राई र एकता एकेडेमीका चेतन बहादुर राईले तीन अङ्क प्रोग्रेसिभका आधारमा चौथो र पाँचौं बनेका छन् ।
जुनियर छात्रातर्फ मेघा सेकेन्डरी स्कुलका गरिमा हुमागाईले ५ अङ्क जोडेर स्वर्ण पदक हात पारेकी छिन् । साइनिङ स्टारका अनुष्का शर्माले ४ अङ्क जोडेर रजत पदक प्राप्त गरिन् ।
इनस्राइन स्कुलका दीपशिखा खतिवडाले ३ अङ्क प्रोग्रेसिभ पोइन्टका आधारमा काश्य पद प्राप्त गरेकी छिन् । नाजरेथ स्कुलका अरुणा तामाङ र प्याराडाइज स्कुलका निक्की पासवान क्रमश चौथो र पाँचौं भए ।
अलार्म नेपालका अध्यक्ष श्रीमती रचना बस्नेतज्यूको सभापतित्वमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेका थिए ।
समापन कार्यक्रमका विशेष अतिथि अलार्म नेपालका वरिष्ठ सल्लाहकार, समाजसेवी कन्हैयासिं कुँवर, नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष तारानाथ राणाभाट, प्रवक्ता राजु ताम्राकारले विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरेका छन् ।
प्रतिस्पर्धाको प्रमुख निर्णायक फिडे आर्बिटर सोराज ताम्राकार, फिडे आर्बिटर हरिकृष्ण श्रेष्ठ, नेसनल आर्बिटर असुन राजकर्णीकार र युराज ताम्राकारको टोलीले प्रतियोगिता सञ्चालन गरेको थियो ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया