धेरै बजेट परेपछि बामगती गाउँपालिकाले दियो युवा तथा खेलकुदमन्त्री महर्जनलाई धन्यवाद

लगनखेल । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले ललितपुर जिल्लाको दुर्गममा पर्ने बागमती गाउँपालिकाले राम्रो कार्यप्रगति गरेको भन्दै प्रशंसा गरेका छन् ।
सोमबार ललितपुरमा बागमती गाउँपालिका गाउँ सभाको १७औँ अधिवेशन तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमतीका जनप्रतिनिधिहरूले राम्रो काम गरिरहेको बताए । उनले आगामी दिनमा पनि राम्रो काम गर्न आग्रह गरेका छन् ।
महर्जनले भने, ‘बागमती गाउँपालिकामा अहिलेसम्मकै उत्कृष्ट बजेट परेको छ । मैले योजना र बजेटहरू राखेको छु । बजेटलाई कार्यान्वयन गर्ने जिम्मेवारी तपाईहरूको हो ।’
बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले युवा तथा खेलकुदमन्त्री महर्जनको विशेष पहलमा बजेट र योजनाहरू परेको बताए । लोप्चनले मन्त्री महर्जनलाई विशेष धन्यवाद समेत दिएका छन् ।
मन्त्री महर्जनलाई गाउँपालिकाका अध्यक्ष लोप्चनका साथै जनप्रतिनिधि र कर्मचारीहरू लगायतले भव्य स्वागत गरेका थिए ।



बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया