मंगलादेवी स्मृति बुद्धिचाल खेलमा रिया र पुरुषोत्तमको एकल अग्रता

ज्याठा । काठमाडौ महानगरपालिका वडा नं. २७ को आयोजनामा श्रीमती मंगलादेवी सिंह स्मृति दोस्रो खुुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको छैटौँ र सातौँ चरणका खेलहरू सम्पन्न भएका छन् ।
तेस्रो दिन सातौँ चरणको खेल सकिँदासम्म काठमाडौंका सिएम पुरुषोत्तम सिलवालले साढे ६ अंकसहित एकल अग्रता लिएका छन् ।
शुक्रबार सिलवालले छैटौं चरणको खेलमा फिडे मास्टर क्षितिज भण्डारीसंग बराबरी खेलेर अंक बाँडे भने सातौँ चरणको खेलमा काठमाडौंका भेट्रान खेलाडी जनार्दन श्रेष्ठलाई महत्वपूर्ण खेलमा पराजित गरि शीर्ष स्थानमा रहन सफल भए ।
एफएम क्षितिज भण्डारी, झापाका प्रकाशचन्द्र नेपाल र खोटाङका धिरेन राईले समान ६–६ अंक हात पारी संयुक्त रूपमा दोस्रो स्थान रहेका छन् ।
मकवानपुरका क्षितिजले सातौँ चरणको खेलमा काभ्रेका राहुल प्रधानमाथि जित हात पारेका छन् । दुवै खेलमा सफलताको स्वाद चाखेका प्रकाशले ललितपुरका सरोज महर्जन र पाँचथरका महेन्द्र साम्वाहम्फेलाई पराजित गरे ।
राम्रो प्रदर्शन गरि दुबै खेलमा जित निकालेका धिरेनले छैटौँ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई निरास बनाए । सातौँ चरणमा सुरज महर्जनलाई हराए ।
ज्याठास्थित अन्नपूर्ण उच्च माविको सभा हलमा भइरहेको प्रतियोगितामा स्याङ्जाका सुशील सुवेदी साढे ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । उनले दुबै खेलमा विजय हात पार्ने क्रममा काठमाडौंका राजकुमार राई र सर्लाहीका कमल श्रेष्ठलाई पराजित गरे ।
काठमाडौंका सिएमए नवीन तण्डुकार, भगवतीप्रसाद शर्मा, जनार्दन श्रेष्ठ, सन्देश श्रेष्ठ, काभ्रेका राहुल प्रधान, शैलेन्द्र न्यौपाने, ललितपुरका सरोज महर्जन, झापाका रिसोन थापा र दोलखाका आशिष फुँयालले समान ५ अंक बनाएका छन् ।
महिलातर्फ सम्पन्न भएको प्रतिस्पर्धामा रिया श्रेष्ठले ५ अंक जोडेर शीर्ष स्थानमा रहन सफल भएकी छिन् । काठमाडौंकी रियाले छैटौं चरणको खेलमा समयक श्रेष्ठलाई पन्छाइन् । सातौँ चरणमा काठमाडौंका राजेन्द्र महर्जलाई पराजित गरे ।
जुनियर च्याम्पियन रियालाई पछ्याउँदै सर्लाहीका शान्ति धिमाल र काठमाडौंकी विनिता कपाली समान ४–४ अंकसहित दोस्रो स्थानमा रहेकी छिन् ।
स्वीस लिग प्रणाली अनुसार नवौँ चरणसम्म हुने प्रतियोगितामा पुरुषतर्फ विजेताले २५ हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार तथा महिलातर्फ क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार गरी कुल नगद पुरस्कार १ लाख ४५ हजार प्रदान गर्नेछ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया