सिएमए पुरुषोत्तम सिलवालको चेसमा एकल अग्रता

काठमाडौं । काठमाडौ महानगरपालिका वडा नं २७ को आयोजनामा सञ्चालन भइरहेको श्रीमती मंगलादेवी सिंह स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता अन्तर्गत दोस्रो दिन पाँच चरणको खेल सम्पन्न भएका छन् ।
दोस्रो संस्करणको बुद्धिचाल स्पर्धामा काठमाडौंका युवा खेलाडी सीएम पुरुषोत्तम सिलवाल सबै प्रतिद्वन्द्वीलाई पराजित गर्दै पूर्ण ५ अंकका साथ एकल अग्रता हासिल गर्न सफल भएका छन् ।
गत महिना श्रीलंकामा सम्पन्न वेस्टर्न एसियन एमेच्योर चेस प्रतिस्पर्धामा नेपाललाई रजत पदक दिलाएका उदियमान खेलाडी सीएम पुरुषोत्तमले क्रमशः हार्दिक पन्त, रामकृष्ण महर्जन, महेन्द्रकुमार साम्बा हाम्फे, शैलेन्द्र न्यौपाने र सीएम नवीन तण्डुकारलाई पराजित गरेका छन् ।
प्रतिस्पर्धामा तीनजना खेलाडीहरूले समान ४.५ अङ्क जोडेर संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन् ।
जसमा मकवानपुरका एफएम क्षितिज भण्डारी, झापाका प्रकाशचन्द्र नेपाल र ललितपुरका सुरज महर्जनले पुरुषोत्तमलाई पछ्याइरहेका छन् ।
क्षितिजले पाँचौँ चरणमा प्रकाशचन्द्रसँग बराबरी खेले भने चौथो चरणको खेलमा खोटाङका धिरेन राई र तेस्रो चरणमा काठमाडौंका कुशल बेलबासेमाथि जित निकाले ।
पाँचौँ चरण बराबरी खेलेका प्रकाशले तेस्रो र चौथो चरणमा स्याङ्जाका सुशील सुवेदी र काठमाडौंका जनार्दन श्रेष्ठलाई पराजित गरेका छन् ।
ललितपुरका सुरज महर्जनले तेस्रो, चौथो र पाँचौं चरणमा क्रमशः अशोकमोहन श्रेष्ठ, सन्देश श्रेष्ठ र कमल श्रेष्ठलाई पराजित गरेका छन् ।
ज्याठास्थित अन्नपूर्ण उच्च माविको सभा हलमा भइरहेको प्रतियोगितामा काठमाडौंका जनार्दन श्रेष्ठ, सीएम नवीन तण्डुकार, खोटाङका धिरेन राई, काभ्रेका राहुल चौप्रधान, दोलखाका आशिष फुयाल, झापाका राजन सुवेदी र काठमाडौंकै सीएम भगवतीप्रसाद शर्माले समान ४–४ अङ्क बटुलेर संयुक्त तेस्रो स्थानमा उभिन सफल भएका छन् ।
महिलातर्फ भर्खरै सम्पन्न भएको नेशनल जुनियर विजेता रिया श्रेष्ठले ३ अंक जोडेर अग्रता लिएका छन् । रियासँगै समान ३ अङ्क प्राप्त गर्नेमा प्रतिमा बास्कोटा, शान्ति धिमाल र ओमन नेशनल च्याम्पियन सिन्दिरा जोशी रहेकी छिन् ।
स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म हुने प्रतियोगितामा विजेताले २५ हजार, उपविजेताले २० हजार र तृतीय स्थान प्राप्त गर्ने खेलाडीले १५ हजार नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगितामा कूल नगद पुरस्कार १ लाख ४५ हजार रहेको छ ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया