बागमतीलाई राष्ट्रपति रनिङ खेलकुदको उपाधि

काठमाडौं । बागमती प्रदेशले १५औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार बागमती ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ ७ प्रदेश समग्रमा टिम च्याम्पियन बन्यो ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा गत संस्करणको च्याम्पियन सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा सीमित भयो । सुदूरपश्चिमले १४ स्वर्ण, २० रजत र १८ कांस्य हात पा¥यो । ११, १२ र १३ औं संस्करणको उपाधि विजेता लुम्बिनी प्रदेशले तेस्रो स्थानमा रह्यो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्यो ।

गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्य साथ चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्यसाथ पााचौं तथा मधेश प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यसाथ छैटौं स्थानमा रहे । सातौं स्थानमा रहेको स्वर्णविहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य जित्यो ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो ।

तीनदिने प्रतियोगितामा ६ सय ८६ खेलाडीले ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा एथलेटिक्समा ९ जुनियर राष्ट्रिय कीर्तिमान बने । प्रत्येक कीर्तिमानका लागि १० हजार पुरस्कार प्रदान गरिएको थियो । समावेश ६ वटै खेलको हरेक पदकका कुल १२ लाख नगद पुरस्कार वितरण गरिएको थियो ।

एथलेटिक्समा बागमती टिम च्याम्पियन बन्यो । बागमतीले १२ स्वर्ण, ४ रजत र ३ कांस्य जित्यो । त्यसमा बागमतीका लागि अनिशा थारु र प्रवीण राना मगरले ४–४ स्वर्ण पदक जितेका थिए ।

प्रवीणले १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । अनिशा लङजम्प, ट्रिपलजम्प, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा पहिलो भइन् । अनिशाले ४ सय मिटर दौडमा थप १ रजत पनि हात पारिन् ।

सुदूरपश्चिम समान ७–७ स्वर्ण, रजत र कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको गण्डकीले ३ स्वर्ण, ५ रजत र ६ कांस्य हात पा¥यो ।

कर्णालीले ३ स्वर्ण, २ रजत र ५ कांस्य तथा लुम्बिनीले १ स्वर्ण, ५ रजत र ५ कांस्य हात पा¥यो । स्वर्णविहीन कोशीले ३ रजत जित्दा मधेश पदकविहीन रह्यो ।

राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत उसुमा बागमती ८ स्वर्णसहित टिम च्याम्पियन बनेको छ । बागमतीले थप २ रजत र १ कांस्य पनि जित्यो ।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको उसुमा सुदूरपश्चिम दोश्रो भयो । सुदूरपश्चिमले ३ स्वर्ण, ७ रजत र २ कांस्य हात पा¥यो । तेश्रो भएको लुम्बिनीले १ स्वर्ण र २ कांस्य प्राप्त ग¥यो । १२ स्पर्धा समावेश उसुमा बााकी ४ प्रदेश स्वर्णविहीन बने । अन्तिम दिन ८ स्वर्णको टुंगो लाग्यो । थाइची छ्वानको छात्रमा ६.४८ अंकसाथ एनेक्स महर्जन तथा छात्रामा ६.७९ अंकसाथ सेरिना पराजुलीले स्वर्ण चुमे । दुवै बागमतीका हुन् ।

सान्सौंको पुरुष ४२ केजीमा लुम्बिनीका प्रदीप विष्ट, ४५ केजीमा बागमतीका रोशन थापा मगर र ४८ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी पहिलो भए । महिला ४२ केजीमा सुदूरपश्चिमकी दीक्षा साउद, ४५ केजीमा सिर्जना बिक र ४८ केजीमा बागमतीकी अनु मोक्तान विजेता भए ।

Published : Friday, 2025 June 13, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया