रामपुर प्रहरीद्वारा ठूलो परिमाणमा खयरको काठ बरामद

रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले खयरको गोलिया काठ बरामद गरेको छ ।

जेठ २३ गते इलाका प्रहरी कार्यालय, रामपुर र प्रहरी चौकी, हुँगीबाट खटिएको संयुक्त गस्ती टोली खयरको २१२ थान गोलिया बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, रामपुरका ईन्स्पेक्टर रामबहादुर नेपालीले बताए ।

रामपुर नगरपालिका वडा नं. १० झम्माखोला बगरमा फेला परेको खयरको मूल्य एक लाख पचासी हजार बराबर रहेको छ ।

त्यसैगरी, रामपुर प्रहरीले बिहीबार हुग्दी खोला घाटमा पनि खयर प्रजातीको गोलिया १५४ बरामद गरेको ईन्स्पेक्टर नेपालीले बताए ।

क्यूफिट १७२.९५ काठ बरामद भएकाे हाे । त्यसकाे मूल्य एक लाख बहत्तर हजार रहेको छ । अबैध रुपमा कटान गरी बेवारिसे अबस्थामा छोडिएको काठ बरामद गरिएको थियो । बरामद भएको काठलाई आवश्यक कारवाही र थप अनुसन्धानको लागि सब–डिभिजन वन कार्यालय, रामपुर, पाल्पामा बुझाइएको छ ।

Published : Friday, 2025 June 13, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया