जुनियर नेशनल च्याम्पियनसिप चेस सुरु

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको तत्वावधान तथा बुढानीलकण्ठ युथ काउन्सिलको आयोजनामा सञ्चालित प्रथम राष्ट्रिय जुनियर नेशनल चेस च्याम्पियनसिप सुरु भएको छ ।
बिहीबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको प्रायोजनमा पहिलो दिन तीन चरणका खेलहरू सम्पन्न भएका छन् । पुरुषतर्फको स्पर्धा स्ट्यान्डर्ड क्लासिकल ६० मिनेट ३० सेकेन्ड इनक्रिजमेन्ट नौ चरणको खेल हुनेछ ।
युवा पुरुष २० वर्षमुनिका ११७ जना खेलाडीहरू सहभागी रहेको प्रतिस्पर्धामा १२ जना राष्ट्रिय जुनियर खेलाडीहरूले सतप्रतिशत नतिजा आत्मसाथ गर्दै अग्रस्थानमा रहन सफल भएका छन् ।
भर्खर श्रीलङ्कामा सम्पन्न एसियन जुनियर ब्लिज चेस खेलमा रजत पदक जित्न सफल सीएम पुरुषोत्तम सिलवालले पूर्ण तीन अङ्क जोडेर शीर्ष स्थानमा रहन सफल भएका छन् ।
प्रतियोगिताका उच्च २०८७ रेटेड सिएम पुरुषोत्तमसँगै १९७३ रेटेड रिसोन थापा, १८७९ रेटेड एआईएम अभीक शाह, १७६५ रेटेड आद्यन्त काफ्ले, १७०७ रेटेड सम्यक श्रेष्ठ, १६९९ रेटेड अविन पाण्डे, १६६३ रेटेड सुदिन तुई तुई र १६६२ रेटेड स्वर्णिम दुवाल समान ३ अङ्क जोडेर अगाडि रहेका छन् ।
महिलातर्फ सम्पन्न दुई चरणको खेलमा शीर्ष खेलाडी ईशा गिरीले दुई अङ्क जोडेर प्रतियोगितामा सुखद सुरुवात गरेकी छिन् ।
ईशासँगै विविशा तामाङ, रिया श्रेष्ठ, एन्जल महर्जन र प्रेसियस अधिकारीले सम्मान दुई अङ्क जोडेर संयुक्त रूपमा अगाडि रहन सफल भएका छन् ।
खेल पूर्व प्रतियोगिताका संयोजक दीपक तामाङको सभापतित्व तथा युवा नेता रूपनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न गरिएको थियो ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया