ललितपुरमा प्रथम बागमती प्रेसिडेण्ट स्क्वाश कप

ललितपुर । नेपाल स्क्वाश एकेडेमी, सतदोबाटोमा जारी प्रथम बागमती प्रेसिडेण्ट स्क्वाश कप २०८२ अन्तर्गत शुक्रबार विभिन्न विधाका खेलहरू सम्पन्न भएका छन् ।
शुक्रबार सम्पन्न प्रतियोगितामा गर्ल्स जुनियरतर्फ रेनसा महर्जनले उत्कृष्ट खेल प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरिन् ।
प्रतिस्पर्धामा उनलाई पछ्याउँदै रचना प्रजा दोस्रो स्थान, नियुक्ति श्रेष्ठ तेस्रो र प्रतीक्षा प्रजाले चौथो स्थान प्राप्त गरिन् ।
नवप्रवेशी (नोभिस) गर्ल्स विधातर्फ डोल्मा तामाङ विजेता बनिन् । अलिशा प्रजा दोस्रो, आरोही महर्जन तेस्रो र दीपिका महत चौथो स्थानमा रहिन् ।
क्रमशः नवप्रवेशी ब्वाइज (नोभिस ब्वाइज) समूहमा हेलिश घिसिङले पहिलो स्थान हासिल गरे । रेजन महर्जन दोस्रो, स्वयम श्रेष्ठ तेस्रो र क्रिश श्रेष्ठ चौथो स्थानमा रहे ।
सेमिफाइनल खेलमा पुरुष खुल्लातर्फ राकेश परियारले तेस्रो स्थान र प्रज्वोलले चौथो स्थान प्राप्त गरेका छन् ।
महिला खुल्लातर्फ अस्मिता नगरकोटी तेस्रो र साक्षी सुनुवार चौथो स्थानमा सीमित भइन् ।
आयोजक बागमती स्क्वाश ¥याकेट्स संघका महासचिव शैलेश अमात्यका अनुसार प्रतियोगिताबाट छानिएका शीर्ष खेलाडीहरू आगामी १३औं राष्ट्रिय स्क्वाश च्याम्पियनसिप २०८२ का लागि सिफारिस गरिनेछ ।
संघका केन्द्रीय सचिव महेन्द्रलाल महर्जनका अनुसार शनिबार पुरुष र महिला दुबैतर्फको फाइनल खेल पश्चात पुरस्कार वितरण तथा समापन समारोह सम्पन्न हुनेछ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया