चेसमा बाल विकास र इम्पेरियल वर्ल्ड स्कूलको अग्रता

काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र अन्नपूर्ण स्कुलको संयुक्त आयोजनामा सञ्चालन भएको २०औँ अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपको पहिलो दिन दुई चरणका खेल सम्पन्न भएका छन् ।
शुक्रबार काठमाडौंको अन्नपूर्ण स्कुलमा सम्पन्न यु ११, १३ छात्र र छात्रा गरी २३५ खेलाडीहरूको सहभागिता रहेको छ ।
प्रतियोगितामा यु ११ समूहमा छात्रतर्फ २२ खेलाडीले समान दुई/दुई अङ्क प्राप्त गर्दै संयुक्त शीर्षस्थान हासिल गर्न सफल भएका छन् ।
स्पर्धामा बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुलका हृदय बस्नेतले दुवै खेलमा विजय प्राप्त गर्दै अग्रस्थानमा रहन सफल भएका छन् । बस्नेतले ग्रीनल्यान्ड स्कुल र न्यूटन स्कुलका खेलाडीलाई पराजित गरेका छन् ।
यसैगरी यु ११ अन्तर्गत छात्रातर्फ इम्पेरियल वर्ल्ड स्कुलकी अग्रता आचार्यले क्रिएटिभ एकेडेमी र अन्नपूर्ण सेकेन्डरी स्कुललाई पराजित गरेकी छिन् ।
प्रतिस्पर्धाको यु–९ अन्तर्गत छात्रतर्फ अन्नपूर्ण सेकेन्डरी स्कुलका निशाम श्रेष्ठ र छात्रातर्फ पाठशाला नेपाल फाउन्डेसनका आरिस्नु पौडेलले शीर्ष स्थान ओगटेका छन् ।
निशाम श्रेष्ठले हिमालयन चेस एकेडेमी र सर्वज्ञ शिवबाबा स्कुललाई हराएका छन् । आरिसनु पौडेलले अन्नपूर्ण सेकेन्डरी स्कुल र ज्ञानोदय बालबाटिका माथि जित दर्ता गरेकी छिन् ।
अन्नपूर्ण स्कुलका प्रधान अध्यापक चन्द्रप्रकाश राजभण्डारीको सभापतित्वमा सम्पन्न उद्घाटन नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर राणा भाटले गरेका छन् ।
कार्यक्रममा नेपालका महिला चेस च्याम्पियन सिन्दिराज जोशी तथा बिन्धबासिनी स्कुलका बेखामान डंगोलको समेत उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया