दोलखामा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा भक्तपुरको ऐतिहाँसिक सफलता

दोलखा । बागमती प्रदेशले आयोजना गरेको १५औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा धेरै मेडलहरू जितेर भक्तपुरले तेस्रो स्थान हासिल गरेको छ ।

दोलखामा सम्पन्न भएको बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोतिामा भक्तपुरले तेस्रो स्थान हासिल गरेको हो ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले भक्तपुरका खेलाडी, प्रशिक्षक, कर्मचारी लगायतको संयुक्त पहलले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

भक्तपुरले कब्बडी, कराते, तेक्वान्दो, भलिवल, उसु र एथ्लेटिक्समा पदकहरू जितेको छ ।

५ स्वर्ण, ५ रजत र १० कास्य पदकसहित भक्तपुरले तेस्रो स्थान हासिल गरेको भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाले बताए । उनले खेलाडी र टिमका सदस्यहरूलाई बधाइ दिएका छन् ।

दोलखामा तेस्रो भएसँग भक्तपुर जिल्ला खेलकुदले ऐतिहाँसिक फड्को मार्न सफल भएको छ ।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले तेस्रो स्थान हासिल गर्न सफल भएको भन्दै भक्तपुर जिल्ला विकास समिति र खेलाडीहरूलाई धन्यवाद दिएका छन् । खेलाडीहरूको उत्साह र लगनशीलताले पदक जितेर तेस्रो स्थान हासिल गर्न सफल भएको मन्त्री महर्जनले बताए ।

मन्त्री महर्जनले प्रतियोगितामा भाग लिएर पहिलो र दोस्रो भएका टिम तथा खेलाडीहरूलाई पनि बधाइ दिएका छन् ।

Published : Monday, 2025 June 2, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया