वैदेशिक रोजगार व्यवसायीले बुझेको भिजिट भिसा प्रकरण

प्रज्ञान न्यौपाने, वैदेशिक रोजगार व्यवसायी

भिजिट भिसा नेपाल सरकारले दिने वा नक्कली बनाएर जाने होइन । यो भिसा दिने देशले एक मात्र उदश्ये त्यो देशमा छोटो समय घुमेर आफ्नै देशमा फर्कने हो ।

भिजिट भिसामा अरबपति पनि घुम्नको लागि जान पाउँछन् । एउटा गरिव नागरिक पनि घुम्न जान पाउँछ । संविधानले नै सबैलाई अधिकार प्रदत्त गरेको छ ।

भिजिट भिसाको उदेश्य सिर्फ त्यही देशमा घुम्ने र आउने हो । ३५ प्रतिशन मानिस भिजिट भिसामा जाने व्यक्तिहरू त्यो देशबाट अबैधानिक तरिकाले अर्को देश जाने कोशिसमा हुन्छन् ।

जस्तै दुबई अमेरिका, युरोप, कुवेत अफ्रिकन, रसिया देशहरू राम्रो सेवा सुविधाको रोजगारीको शिलशिला नै प्रमुख हो ।

अब यसलाई सेटिङ भन्नुस या कर्मचारीले कसरी यसको फाइदा र प्रयोग गर्छन् ।

भिजिट भिसामा जाँदै गरेकालाई वास्तबमा कसैलाई रोक्न पाइँदैन । तर, आशंका लागेमा रोक्न सकिनेछ भन्नेछ ।

कर्मचारीलाई यो विषय राम्रोसँग थाहा हुन्छ । विशेषतः दुबइ जाने धेरै हुन्छन् । किन जान लागेको हो ? को छ त्यहाँ ? कति डलर छ साथमा छ ? होटेल कुन हो ? कति दिन बस्ने हो ? टु वे टिकेट ओरजिनल हो ? आदि इत्यादी । जो दलालमार्फत त्यो देशबाट अन्यन्त्र जान खोजेको छभने उसले जवाफ दिन सक्दैन । अनि पैसाको मोलमोलाई वा पहिला नै ट्राभलले ती व्यक्तिहरूसँग सेटिङ भाइसेको हुन्छ ।

दोस्रो श्रम स्वीकृति लिएकासँग कसरी पैसा लिन्छन ? नेपाल सरकारले धेरै देशमा राजदूतावास राखे पनि प्रायः युरोप देशहरूको डिमाण्ड प्रमाणीकरण नहुँदा व्यक्तिगत श्रम स्वीकृति लिने ९० प्रतिशत छन् । त्यो काम मेनपावरभन्दा ट्राभलस् एजेन्सी कनसल्टेन्सी वा एनआरएनए हुँ भन्नेहरूको पनि खेतीपाती त्यहीँ भिजिट भिसा प्रकरण छ ।

अब युरोपको भिसा आइसकेपछि व्यक्तिगत श्रम स्वीकृति त दिनै प¥यो ? जब व्यक्ति प्रस्थानको लागि विमानस्थल पुग्छ । उसको भिसा हेर्छ । संस्थागत श्रम छैन भने कर्मचारी के भन्छ ? कसले बोलाको ? कसले भिसा दिएको ? बाबु, काका, दाई, मामा को छ ? जाने पुरुष, महिला अक्कबक्क ? त्यसपछि हुन्छ मोलमोलाई । खास त्यहाँनेर हुन्छ पैसा लिने तरिका । कानूनमा छिद्र धेरै हुन्छन् । कर्मचारीहरूले त्यसको फाइदा लिन्छन् । समस्यामा पर्छन् सर्वसाधारण नागरिकहरू ।

त्यसैले माननीय ज्यूहरू, पहिला राम्रोसँग बुझ्नुस् त्यहाँ के भएको छभनेर । एउटा मापदण्ड बनाउनुस् । कसलाई भिजिट भिसामा जान दिने कसलाई नदिने ? हल्लाका पछि लाग्नुभन्दा अध्ययन गर्नुस् ।

(लेखक वैदेशिक रोजगार लोकातान्त्रिक एशोसिएशनका पूर्वअध्यक्ष हुन्)

Published : Friday, 2025 May 30, 11:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया