काठमाडौं वडाव्यापी चेसको उपाधि वडा नं. ७ लाई

काठमाडौं । शहीद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिका वडा नं. ७ ले जित्न सफल भएको छ ।
बिहीबार काठमाडौं वडा नं. २२ संकटा मन्दिर प्राङ्गणमा सम्पन्न चेस प्रतियोगितामा विजेता टिमले १३ म्याच प्वाइन्ट बनाउने क्रममा ६ जीत र एक बराबर नतिजा निकालेका छन् ।
पहिलो स्थान प्राप्त गरेको टिमले नगद पुरस्कार रु. ५० हजार, आकर्षक ट्रफी, मेडल प्राप्त गरेका छन् ।
विजेता वडा नं. ७ का सिएम पुरुषोत्तम चौलागाईंले पहिलो वोर्डमा खेल्दै बद्रीलाल नेपालीसँग बराबर खेलेर बाँकी ६ जना प्रतिस्पर्धीमाथि जीत दर्ता गरेका छन् ।
दोश्रो बोर्डमा सिएम भगवतीप्रसाद शर्माले महेश्वरलाल डंगोलसँग बराबर गरि अन्य ६ प्रतिस्पर्धीसित जीत निकालेका छन् ।
तेस्रो बोर्डमा यू १६ का सजल न्यौपानेले ३ जित र एक खेल बराबर खेलेर टिमलाई महत्वपूर्ण योगदान पु¥याएका छन् ।
काठमाडौं वडा नं. २७ ले दोश्रो स्थान प्राप्त गर्दै नगद रु. ३५ हजार हात पारेका छन् । टिमले ७ चरणको खेलवाट ११ म्याच प्वाइन्ट जोड्ने क्रममा ४ जीत र ३ बराबर खेल पस्केका छन् ।
पहिलो बोर्डका राजेन्द्र बज्राचार्यले ३ जीत, २ बराबर खेलेका छन् । दोश्रो बोर्डमा महेश्वरलाल डंगोलले ५ जीत १ बराबर र तेस्रो बोर्डमा महिला खेलाडी विनिता कपालीले ५ जीत निकाल्दै टिममा योगदान पु¥याएका छन् ।
काठमाडौं वडा नं. २ ले तेस्रो स्थानमा रहँदै नगद रु. २५ हजार प्राप्त गर्न सफल भएका छन् । यस क्रममा टिमले १० म्याच प्वाइन्ट र टाइब्रेकर १३.५ अंक जोडेका छन् ।
वडा नं. २ टिमको पहिलो बोर्डमा सिएम पुरुषोत्तम सिलवाल अपराजित रहँदै ७ स्कोर, दोश्रो बोर्डका पवन क्षेत्रीले ४.५ स्कोर र रिदम रिमालले व्यक्तिगत २ स्कोर गरेका छन् ।
काठमाडौं वडा नं. १४ ले चौथो स्थानमा उभिएर नगद पुरस्कार २० हजार प्राप्त गरेका छन् । चौथो बन्ने टिमले १० म्याच प्वाइन्ट र टाइब्रेकर १२.५ अंक बनाएका छन् ।
वडा नं. १४ टिमको पहिलो बोर्डमा राजेन्द्र महर्जनले ५ जीत, दोश्रो बोर्डका अर्जुन महर्जनले ४.५ र तेस्रो वोर्डमा खेलेका आयान जोशीले व्यक्तिगत ३ स्कोर गरेका छन् ।
प्रतियोगितामा व्यक्तिगत विधातर्फ काठमाडौं वडा नं. २ का सिएम पुरुषोत्तम सिलवाल पहिलो बोर्ड , वडा नं. ७ का सिएम भगवतीप्रसाद शर्माले दोश्रो बोर्ड र वडा नं. ३ का अभिनव पाण्डेले उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् । उत्कृष्ट विधागत नगद पुरस्कार जनही १०–१० हजार हात पारेका छन् ।
चन्द्रमान तुलाधरको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि संकटा क्लबका अध्यक्ष तथा एन्फाका प्रमुख कार्यकारी निर्देशक इन्द्रमान तुलाधरले विजेता टिमलाई पुरस्कार वितरण गरेका छन् ।
२९ वटा वडाको सहभागी रहेको कार्यक्रममा विशेष अतिथि नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, जनप्रतिनिधि अनिल हाडा, ललिता खड्गी, गीता परियार, महासंघका प्रवक्ता राजु ताम्राकार, सदस्य सुशील चौधरी, रमिला पोखरेल, प्रमुख निर्णायक सोराज ताम्राकार लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया