नेपाल र न्युजिल्याण्डका परराष्ट्रमन्त्रीबीच भेट

काठमाडौं । पराष्ट्रमन्त्री डा. आरजु राणा र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सबीच भेटवार्ता भएको छ ।

बुधवार साँझ काठमाडौंमा पराष्ट्रमन्त्री डा.राणा र न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्ससबीच भेट भएको हो । परराष्ट्रमन्त्री डा. राणाले कृषि, व्यापार, लगानी, पर्यटन, शिक्षा र बहुपक्षीय संलग्नता लगायत धेरै क्षेत्रहरूमा छलफल भएको बताएकी छिन् ।

डा.राणाले दुई देशबीच घनिष्ठ, सौहाद्र्रपूर्ण र लामो समयदेखिको सम्बन्धलाई नयाँ उचाइँमा पु¥याउनेबारेमा छलफल केन्द्रित रहेको बताइन् ।

द्विपक्षीय व्यापार मात्रा बढाउने बाटोहरू खोज्न सहमत भएको बताउँदै डा.राणाले थप आर्थिक संलग्नताको आवश्यकता महशुस गरेको बताएकी छिन् ।

छलफलका क्रममा पर्यटन दुवै देशको अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भ भएकाले पर्यटन क्षेत्रमा सहयोगको महत्वलाई जोड दिइएको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।

दुवैले दुई देश र जनतालाई नजिक ल्याउन न्युजिल्याण्डमा रहेका नेपाली डायस्पोराले खेलेको भूमिकाको कदर गर्दै डा.राणाले देशहरूबीचको सुदृढ र दिगो द्विपक्षीय सम्बन्धका लागि जनता–जनताबीचको सम्बन्धको महत्वलाई जोड दिइएको बताइन् ।

न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले छलफल दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउनेमा केन्द्रित रहेको बताए ।

पिटर्सले नेपाल र न्युनिल्याण्डबीचको सम्बन्ध सौहाद्र्र र मित्रताले भरिएको उल्लेख गरेका छन् । उनले १९६१ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र न्युजिल्याण्डले सद्भावना, पारस्परिक विश्वास र सहयोगमा आधारित उत्कृष्ट द्विपक्षीय सम्बन्धको आनन्द लिइरहेको बताए ।

नेपाल र न्युनिल्याण्ड बीचको द्विपक्षीय सम्बन्धको समग्र पक्षमा स्वतन्त्र, स्पष्ट र गहन छलफल भएको दुई देशको दाबी छ । सगरमाथा आरोहणमार्फत नेपाल–न्युनिल्याण्ड सम्बन्ध विस्तार भएको थियो ।

Published : Wednesday, 2025 May 28, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया