थापालाई कांग्रेस निकटको जनसम्पर्क समिति क्यानडाको कार्यवाहक सभापतिको जिम्मेवारी

टोरन्टो । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली कांग्रेस जनसम्पर्क समिति क्यानडाको कार्यवाहक सभापतिको जिम्मेवारी निरन्जन थापालाई प्रदान गरिएको छ ।

बिगत लामो समयदेखि क्यानडामा बसोबास गरि नेपाली कांग्रेसमा आवद्ध रहेका थापा नेपालमा दाङको जिल्लावसी हुन् ।

थापा १४औ महाधिवेशनमा क्यानडाबाट महाधिवेशन प्रतिनीधि भएर कांग्रेसको महाधिवेशनमा भाग लिएका थिए ।

नेपाली जनसम्पर्क समिति क्यानडाको उपसभापति एवं संगठन बिभाग प्रमुख रहेका थापालाई सभापति बुद्धिप्रकाश ओलीले आफू व्यक्तिगत कारणले क्यानडा बाहिर जानुपर्ने भएकाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताएका छन् ।

नेपाली समुदायले गर्ने सभा, सम्मेलन, गोष्ठी, अधिवेशनहरूमा थापालाई अतिथि संस्थाको प्रतिनिधित्व गर्दै कार्यवाहक सभापतिको रुपमा उपस्थित हुन ओलीले अनुरोध गरेका छन् ।

Published : Tuesday, 2025 May 27, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया