विषय :- पोखरा विमानस्थल भ्रष्टाचारभित्र लुकेका तथ्य, नाइकेका कर्तुत्

गल्कोटे साइँलो
विषय – पोखरा विमानस्थल भ्रष्टाचार काण्डभित्र लुकेका तथ्य र यो भ्रष्टाचार काण्डका नाइके प्रदीप अधिकारीका काला कर्तुत र यसका साक्षीहरू
१. सुरुमा पोखरा विमानस्थलको आयोजना प्रमुख छान्दा नै विवाद र गोलमालको प्रसङ्ग २०६४ सालमा सिभिल इन्जिनियरको सातौं तहमा प्रवेश गरेदेखि नै प्रदीप अधिकारी विवादित व्यक्ति थिए । सुरुदेखि नै उनले जिम्मा लिएको आयोजनामा ठेक्का सेटिङ गर्नेदेखि कमसल गुणस्तरको काम गरेर अकुत सम्पति जोड्ने बानी थियो ।
यति हुँदाहुँदै पनि नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक रतीशचन्द्र लालको गुलामी गरेर इन्जिनियरहरूमा पनि सबैभन्दा जुनियरलाई विवाद गरेर पोखरा विमानस्थल आयोजना प्रमुख बनाइयो । अधिकारीभन्दा सिनियर मुरारी भण्डारी, बाबुराम पौडेल, ओम् थापा, ध्रुव भोछिभया लगायत हुँदा हुँदै लोभ, दवाव, प्रभाव पारेर भ्रष्टाचार गर्न जानेकोलाई भष्टाचार गर्न कै लागि जबर्जस्ती आयोजना प्रमुख बनाइयो ।
२. महानिर्देशकबाट असीमित अधिकार प्रत्यायोजन गरियो । अधिकारको अत्यधिक दुरुपयोग गरेको तत्कालीन महानिर्देशकहरूमार्फत पोखरा विमानस्थल आयोजना प्रमुख (वि.स. २०७१–२०७४) र त्यसपछि राष्ट्रिय गौरव आयोजनाको नाममा प्राधिकरणको कुनै संरचनामा कहिले नभएको कथित भ्रष्टाचार गर्ने अड्डाको निर्देशक (वि.सं २०७४–२०७८)हुँदा आफू महाततका कर्मचारी सरुवा गर्ने, अधिकारीले भनेको मान्ने र चाकडी गर्ने भक्तहरू राखेर काम गराउनेदेखि अनगिन्ती असीमित अधिकार लिएर अधिकारको अत्यधिक दुरुपयोग भएको थियो ।
३. ठेकेदार, दलाल र बिचौलियाहरूसँग मात्र उठबस र साँठगाँठ ई.पी.सी. मोडेलमा पोखरा विमानस्थल निर्माण कार्य शुरु भएदेखि चिनियाँ ठेकेदार कम्पनीको नेपाली दलाल नरेन्द्र उलक २४सैं घण्टा प्रदीप अधिकारीसंग उठबस गर्दै आएका थिए । पोखरा आयोजनामा भएको भ्रष्टाचारको रकम उही दलालमार्फत सेटिङ गरेर कारोबार हुने गथ्र्यो । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेदेखि प्रदीप अधिकारीले चिनियाँ ठेकेदार कम्पनीको बिचौलिया नरेन्द्र उलकलाई गायब बनाइएको छ ।
त्यस्तै ई.पी.सी. मोडेलमा सम्पूर्ण कार्य चिनियाँ ठेकेदारले गर्नु पर्नेमा प्राधिकरण तथा नेपाल सरकारको बजेटमार्फत अरबौंको काम प्रदीप अधिकारी कै भित्री लगानी रहेको उमा एण्ड कम्पनी निर्माण कम्पनीलाई सेटिङमा दिई दोहोरो खर्च गरेर अरबौं भ्रष्टाचार भएको छ । जसको प्रमाण २०७१ सालदेखि उक्त आयोजनामा छुट्टाएको बजेट र खर्च विवरण हेर्दा प्रस्ट हुन्छ ।
कार्यालयभित्र या बाहिर जहाँ जता जाँदा पनि ठेकेदार, बिचौला र दलाल मात्रै अगाडि, पछि लगायर हिंड्ने, कार्यालयमा कहिले नबस्ने, कार्यालय समय १०–५ कहिले ड्यूटी नगर्ने, प्रदीप अधिकारीले बायोमेट्रिक प्रणालीमा हाजिरी कहिले नगर्ने तर, आफू बाहेक अरु सबैले बायोमेट्रिक प्रणालीमा हाजिरी गर्नुपर्ने, प्रदीप अधिकारी हिँडेको बाटोमा अरु हिंड्न नहुने, उनले जे गरे पनि अन्याय, दुःख पीडा भ्रष्टाचार जे गरे पनि कर्मचारी कसैले बोल्न नहुने, मानौं उत्तर कोरियाको आजको तानाशाह किम जोङ उल जस्तो तानाशाही प्रवृत्ति प्रदीप अधिकारीको छ । यस्तो धुर्त सकुनीलाई राज्यले संरक्षण गरेर राख्नु देश, दुनियाँको लागि दुर्भाग्य हो ।
४. नियत, आचरण, बानी, जीवनशैली खानपान, भ्रष्ट, दलालको जस्तो रहेका प्रदीप अधिकारी भनेका पैसा, मदिरा लगायतका गलत संगतको पर्यावाची नाम हो । प्रदीप अधिकारीका लागि भ्रष्टचार गर्नु उनको नियमित आचरण र बानी हो । भ्रष्टाचार गर्नैको लागि उनले जिम्मा लिएका सबै आयोजना बद्नाम भएका छन् । ती आयोजनाहरू चलेका छैनन् । लगानी बालुवामा पानी हालेको जस्तो भएका छन् । जसका उदाहरण पोखरा, भैरहवा, निजगढ विमानस्थलहरू हुन् ।
एउटा सामान्य सह–सचिवस्तरको कर्मचारीको ६०/७० हजार तलबले यो किसिमको लवाईखुवाई हिंडाइ, बसाइँ गर्न कसैले सक्छ भने त्यो भ्रष्टाचार गर्ने व्यक्तिले मात्रै गर्न सक्छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले उपसमितिको प्रतिवेदनलाई अनुमोदन गरेर अनुसन्धान, छानविन र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धानमा लेखेर पठाउने निर्णय गरेपछि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि पोखरा विमानस्थलमा भएको भ्रष्टाचारको झन् नजिकबाट आशंका भएको छ ।
प्रदीप अधिकारीको जागिर जीवनको १५/१६ वर्षमा आमा, श्रीमती, आफू, दलाल, ठेकेदार, पार्टनरको नाममा अर्बौको सम्पति काठमाडौं, ललितपुरदेखि चितवनसम्म जोड्न भ्रष्टाचारमा संलग्न हुनले मात्रै सक्छ । लेखा समितिको निर्णयसँगै अब अख्तियारले अनुसन्धान गर्दा श्रीमती, आमा, परिवारभित्रका नातेदार, नजिक रहेका साथीभाइ, बिचौलिया, दलाल लगायत सबैलाई राडरभित्र राखे अनुसन्धान गर्नुपर्छ । हदैसम्मको कारबाही हुनुपर्छ ।
(लेखक – गल्कोटे साइँलो । नागरिक उड्डयन विषयमा अध्ययन, अनुसन्धान र विज्ञ । हाल अमेरिका ।)
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया