कांग्रेसले बाटोमा भेटे भाटा हान्लान् भनेर माओवादीहरू डराएर छोडेर भागे : मोहन बस्नेत

सुनकोशी । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसले जनताको काम गरेपछि सिन्धुपाल्चोकबाट माओवादी र कम्युनिस्टहरू समाप्त हुँदै गएको बताएका छन् ।
मंगलबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ठोकरपामा स्वास्थ चौकी भवनको उद्घाटनपछि सम्बोधन गर्दै नेता बस्नेतले सुनकोशी गाउँपालिका लगायतका स्थानमा माओवादीको बीउ समाप्त भएको बताए । उनले भने, ‘माओवादीको एउटा भुत्लो पनि छैन । अलिअलि भएको लिशंखुपारमा हो । हामी हिजो गएर त्यो पनि सक्कियो ।’
उनले भने, ‘पानी खान परे कांग्रेस चाहिने । बाटो चाहिए कांग्रेस चाहिने । उपचार गर्न परे कांग्रेस चाहिने । श्वास फेराउन कांग्रेस चाहिने । धम्की लाग्यो भने पनि कांग्रेस चाहिने । स्कूलमा कांग्रेस चाहिने । कांग्रेसले उद्घाटन गर्न खोज्दा कम्युनिस्टहरू बहुलाउने ।’

‘अझ हामी रोकेर छाड्छौँ, प्रतिकार गर्छौं रे । कांग्रेसहरू टुलुटुलु हेरेर बस्छ । म सानो छँदा १५÷१६ वर्षको उमेर हुँदा मैले यी ठूला कुरा गर्ने कसैलाई देखिन गतिलोसँग । मैले सानो देख्थेँ । मै ठूलो भइसकेको छु । मेरो साथमा सिङ्गो पार्टीको नेता, कार्यकर्ता, जनता, दाजुभाइ, दिदीबहिनी सबैले मलाई सहयोग गरिरहेको बेला यिनीहरूले त्यहाँ नजा भनेर म चुप लागेर बसिरहन्छु ? कांग्रेस हिजो लिशंखुमा हिजो पसेको थियो ती कम्युनिस्ट कहाँ भागे भागे थाहा भएन,’ नेता बस्नेतले भने ।
‘३१ वटा कार्यपालिकामा सदस्य ३१ जना कांग्रेसको छ । जम्मा ८ जना एमालेका छन् । ३१ जनाको विरुद्धमा त्यो ८ जना प्यारप्यार बोलेको हेर्नुस् त । हाम्रा साथीहरूले अध्यक्षले कसैलाई नसोधिकन जुन विज्ञप्ति जारी ग¥यो त्यसका बारेमा उपाध्यक्षको नेतृत्वमा खेद प्रस्ताव पास गर्छु भन्नु भएको छ । धन्यवाद,’ उनले भने ।
‘कांग्रेसको जस्तो अवस्था कम्यनिस्टको भएको भए सुनकोशीमा बजेट कहिल्यै पास हुँदैन थियो,’ बस्नेतले भने, ‘ कांग्रेस राजनीतिक भएको कारणले हाम्रा साथीहरू सजिला पनि छन् । सजिलो हुँदाहुँदै अरुले अफ्ठ्यारो पारेको पनि हिसाब गर्दैनन् ।’
उनले भने, ‘कांग्रेसले चाह्यो भने उपाध्यक्षको नेतृत्वमा बजेट पास नगरेसम्म चुप लागेर बसे भने यो सुनकोशी गाउँपालिकामा बजेट पास हुँदैन । ठूला कुरा गर्ने ।’

‘माओवादीहरू यो ठाउँमा अलिअलि प्यारप्यार बोलिरहन्छन् । यो सुनकोशी गाउँपालिकामा माओवादी नै छैन,’ उनले भने, ‘एउटा वडा सदस्य माओवादीको सुनकोशीको गाउँपालिकाको सात वटा वडामध्येमा कहिँ जितेको छ ? कहिँ जितेको छैन । गठबन्धन गर्दा पनि कहिँ पनि जितेको छैन । वडामा उठाउने प्रतिनिधि पनि छैन उसका कुरा काटेर तपाईहरू किन समय खेर हाल्ने ? सुनकोशी गाउँपालिकामा एउटा भुत्लो सदस्य पनि माओवादीको छैन ।’
उनले भने, ‘भोटेकोशी गाउँपालिकामा एउटा विरुवा पनि छैन माओवादीको । त्रिपुरा सुन्दर गाउँपालिकामा एउटा पनि छैन माओवादी । अलिकति भएको लिशंखुपाखर चुरिफुरी गरेको थियो हामीले हिजो गएर देखाइदी हाल्यौँ । हिजो हामी जाँदा २÷४ ढुङ्गा मुढा गर्छन् कि भन्ने आँट गर्छन् की लागेको थियो । हामी उता लागको उनीहरू कहाँ भागे भागे ? पछि विज्ञप्ति निकालेर नगर्ने भने छन् । त्यो नगर्ने भनेर हामीलाई छोड्ने भनेको होइन बाटोमा भेटेका बेला भाटा हान्लान् भनेर डराएर त्यो छोडेर भागेका हुन् ।’

बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया