नुवाकोट र भक्तपुर जिल्ला बुद्धिचाल संघ गठन

काठमाडौं । नुवाकोट बुद्धिचाल संघ जिल्ला अधिवेशनले ई.सुरज लामाको नेतृत्वमा ७ कार्य समिति चयन गरेको छ ।

सोमबार प्रकाश जोशीको सभापतित्वमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा नवीन श्रेष्ठलाई चयन गरेको छ । सचिवमा हरिचन्द्र अमात्य र कोषाध्यक्षमा वसन्त श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

अधिवेशन नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

अधिवेशनवाट शिव श्रेष्ठ, सुमित जोशी र संजिता श्रेष्ठ सदस्यमा चयन भएका छन् ।

महासंघका महासचिव धरमबहादुर लामाको उपस्थितिमा भएको साधारणसभाले आगामी केन्द्रीय अधिवेशनमा सहभागी जनाउन निवर्तमान अध्यक्ष प्रकाश जोशीलाई प्रतिनिधिको रुपमा चयन गरेको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य संगीत श्रेष्ठको रोहबरमा भएको साधारसभाबाट बागमती प्रदेश बुद्धिचाल संघको अधिवेशनका लागि सुरज लामा, प्रकाश श्रेष्ठ, अमजद आलम, संजिता श्रेष्ठ र राजन श्रेष्ठलाई प्रतिनिधि पठाउने निर्णय गरेको छ ।

रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न भक्तपुर बुद्धिचाल संघको अध्यक्षमा बद्रिकेदार दुवाल निर्विरोध चयन भएका छन् ।

विनु पुरीको प्रमुख अतिथि रहेको साधारणसभावाट उपाध्यक्षमा रामकुमार माकजु, सचिव किरण गाईजु, सहसचिव किरण प्रजापति, कोषाध्यक्ष सविना गुज निर्वाचित भएका छन् ।

महासंघका केन्द्रीय प्रतिनिधि निरञ्जन प्रजापतिको रोहबरमा सम्पन्न अधिवेशनले सुन्दर श्रेष्ठ, सविना श्रेष्ठ, प्रवेश प्रजापति, एण्डिज ग्वाछा र पदम कृष्ण श्रेष्ठ सदस्यमा चयन भएका छन् ।

नेपाल बुद्धिचाल महासंघले आफ्ना ५५ जिल्ला संघलाई जेष्ठ ७ गतेभित्र अधिवेशन गर्न परिपत्र गरेको छ । विधान अन्तर्गत कार्यकाल सम्पन्न भएका जिल्लाले समयावधिमा अधिवेशन गर्न चुके तदर्थ समिति गठन गर्ने महासंघले जनाएको छ ।

Published : Tuesday, 2025 May 20, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया