ब्याडमिन्टनका निर्णायकद्वय मन्दिरा र कृतनको स्तरोन्नति

काठमाडौं । नेपाली ब्याडमिन्टनका निर्णायकद्वय कृतन खड्का र मन्दिरा न्यौपानेको ब्याडमिन्टन एशियाले स्तरोन्नति गरेको छ ।
ब्याडमिन्टन एशियाले कृतनलाई एक्रिडिटेड अम्पायरबाट सर्टिफाईड अम्पायर र मन्दिरालाई रिजनल अम्पायरबाट एक्रिडिटेड अम्पायरमा स्तरोन्नति गरेको हो ।
कृतनले चाईनाको निङ्गबो सहरमा २०८१ चैत्र २६ देखि ३१ (अप्रिल ८–१३, २०२५¬) सम्म आयोजना भएको ब्याडमिन्टन एशिया च्याम्पियनसिप २०२५ का दौरान ब्याडमिन्टन एशियाद्वारा लिएको निर्णायक परिक्षामा आफुलाई अब्बल कायम गर्दै सर्टिफाईड अम्पायरमा स्तरोन्नति गरेका हुन् ।
नेपालबाट कृतनका साथ दीपक थापा र ओमबिक्रम राना गरि तीन सर्टिफाईड अम्पायर भएका छन् ।
नेपालमा आयोजना भएको दक्षिण एशियाली जुनियर च्याम्पियनसिपका दौरान भएको परीक्षामार्फत रिजनल अम्पायरमा उत्तीर्ण भएकी सशस्त्र प्रहरी बलमा कार्यरत मन्दिराले आफूलाई अझ उचाइँमा पु¥याउने क्रममा जुलाई २०२४ मा ईन्डोनेशियामा आयोजना भएको एशिया जुनियर च्याम्पियनसिपका दौरान ब्याडमिन्टन एशियाले लिएको एक्रिडिटेड परिक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् ।
उनी नेपालबाट एक्रिडिटेड अम्पायर हुने दोश्रो महिला हुन् । यसअघि बाँकेकी समन इकवालले उक्त परीक्षा उत्तीण गर्दै नेपालबाट पहिलो एक्रिडिटेड महिला ब्याडमिन्टन निर्णायकको रुपमा परिचय गराएकी थिइन् ।
नेपालबाट मन्दिरा, ईकबाल र सुमित शाक्य गरी तीन एक्रिडिटेड अम्पायर भएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया